दीपाले ल्याइन् ” मैले कोरेको चित्र”

इनेप्लिज २०७७ असोज ८ गते १६:५५ मा प्रकाशित

साहित्यकार दीपा राई पुनले ” मैले कोरेको चित्र” बोलको गीति भीडीयो सार्वजनिक गरेकी छिन्। बिहीबार बाट युट्युव मार्फत सार्वजानिक भएको उक्त गीत लाई हरि लम्सालले संगीत गरेका छन् भने प्रताप दासले स्वर भरेका छन्।

निकेश खड्काको निर्देशनमा तयार भएको गीति भीडीयोमा नायिका प्रियंका कार्की र नायक आयुश मान देशराजले अभिनय गरेका छन्। बिशेषतः कविताका क्षेत्रमा कलम चलाउदै आएकी दीपाको प्रस्तुत गीतको निर्माण उनकी आमा बिमला राईले गरेकी हुन्।

मायामा बिश्वास गर्नेहरूको कथा बोकेको उक्त गीतमा सुन्दर दृश्यलाई कैद गरिएको छ।

चलन चल्तिको गीत भन्दा फरक धारमा गीत लेख्दै आपकी दीपाको भीडीयोलाई बुध्द थापाले खिचेका हुन् भने बिकाश धमलाले सम्पादन गरेका छन् ।

प्रतिक्रिया