दुर्घटनामा परी मलेसियमा एक नेपालीको ज्यान गयो

विश्व राज थापा २०७७ असोज ८ गते ११:४० मा प्रकाशित

क्वालालम्पुर – मलेसियाको सेरेम्बाङ जयामा गत आईताबार मोटरसाईकल दुर्घटना परी एक नेपालीको ज्यान गएको छ ।

बबई गाउँपालिका वडा नं. ५ रोल्पालीतरा दाङका दिपक खड्का उनी गत माघमा सदिच्छा ओभर्सिस मेनपावर मार्फत रोजगारीका लागी मलेसियाको गएको र उनी मोटरसाईकल दुर्घटना परि गम्भीर घाईते भएपछि एक मलेशिय स्थीत एक स्थानिय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको
भएको हो ।

कम्पनीले खड्काको शव नेपाल ल्याउन आवश्यक प्रकृया अगाडी बढाएको उनका आफन्तले जानकारी दिए । नेपाली राजदुतावास मलेसिया भने कम्पनीले दुतावासमा जानकारी नगराएको र घटनाको बारेमा आफुहरुले सामाजिक सञ्जाल मार्फत थाहा पाएको बताएको छ ।

बैधानिक रुपमा मलेसियामा काम गरिरहेका श्रमिकको कुनै कारणले मृत्यु भएमा कम्पनीको सकृयतामा सबै प्रकृया पूरा गरेमा शब नेपाल पठाउन कुनै समस्या नहुने दुतवासले जनाएको छ ।

२० बर्षकै कलिलो उमेरमा मृत्यु भएका दिपक खड्को घरमा बुवा आमा र श्रीमती छन ।

विश्व राज थापा

विश्व राज थापा इनेप्लिजका प्रधान सम्पादक/संस्थापक हुन्।

प्रतिक्रिया