काठमाडौं।यतिबेला विश्वभर कोरोना भाइरस(कोभिड–१९)ले ढपक्क ढाकेको छ ।केही देशहरुमा कोरोनाकै कारण लकडाउन चलिरहेको छ त केही देश भने पुनः पुरानै अवस्थामा फर्केका छन्।
तर केही देशहरुमा झन बिजोक भएको छ।यता नेपालमा संक्रमितहरु कम हुनुको साटो बढ्दै छ।पछिल्लो समय लकडाउन पनि हटाई जोर–बिजोर प्रणालि लागु गरिएको छ।
विदेशको तुलनामा नेपालमा भने कोरोना संक्रमितहरु बढ्दोक्रममै रहेको छ। कोरोना संक्रमण घट्ला भन्दा दिनप्रतिदिन बढ्दै गईरहेको छ।त्यही कोरोना कहरलाई झेल्दै तीज पर्व पनि नेपालीहरुले लकडाउनमै मनाए।
कलाकर्मीहरुले गीत संगीत पनि कोरोना कहरमै सार्वजनिक गरे।बिस्तारै नेपालीहरुको महान पर्व बडा दशैं तथा दीपावाली नजिकिंदै आएको छ।यी चाडवाड पनि नेपालीहरुले कोरोना कहरमै मनाउने छन्।
यही क्रममा पछिल्लो समय निकै गीतहरु सार्वजनिक भएका छन्।त्यसै ‘बन चरीलाई बन’वोल रहेको गीत पनि सार्वजनिक भएको छ।‘बन चरीलाई बन’ वोल रहेको उक्त गीतमा शब्द चर्चित सर्जक सन्तोष सुवेदीको रहेको छ।
जसमा पछिल्लो समय निकै चर्चा कमाउन फसल गायिका शान्ति श्री परियार र गायक दुर्गा लामिछानेको सुमधुर स्वर रहेको छ।गीतमा लय देव सेन र संगीत संयोजन सुनिल परियारको रहेको छ।
वनडिबी स्टुडियोमा रेकर्डिङ गरिएको यस गीतलाई एचबिएन किस्मतले मिसक्सिङ तथा मास्टरिङ गराएका हुन्।गीतको म्युजिक भिडियो निकै राम्रो बनेको छ।
जसलाई निर्देशक होम धितालले निर्देशन गरेका छन्,भने निरेन श्रेष्ठको कोरियोग्राफी रहेको छ।म्युजिक भिडियोमा पछिल्लो समय म्युजिक भिडियोमा निकै राज जमाएकी मोडल करिश्मा ढकाल, कृष्ण पन्त र गजेन्द्र पन्तको नृत्य तथा अभिनय रहेको छ।
उक्त भिडियोलाई मरुभूमि नारायणले छांयाकन गरेका हुन् भने रोशन धितालले सम्पादन गरेका हुन्।गीतलाई बल्छी ध्रुर्बे युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ।
प्रतिक्रिया