मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १८:५४
वासिङटन डिसी 09:09

अमेरिकी उप राष्ट्रपति माइक पेन्स चढेको बिमानले चरालाई ठक्कर दिए पछि सुरक्षित अवतरण

इनेप्लिज २०७७ असोज ७ गते २:०७ मा प्रकाशित

अमेरिकी उप राष्ट्रपति माइक पेन्स चढेको बिमानले चरालाई ठक्कर दिए पछि न्यू ह्यामशायर विमास्थलमा सुरक्षित अवतरण गरेको छ । एयर फोर्स २ (वायु सेना)को बिमानले उपराष्ट्रपति माइक पेन्स लाने लैजाने गर्दछ ।

आज सेप्टेम्बर २२ मंगलबारको दिन चरा ठोक्किदा सुरक्षित रुपमा उक्त विमानस्थलमा अवतरण गरेका छन् ।

पेन्स न्यू ह्यामशायरमा राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानमा सहभागी भएर उनि वाशिंगटन आउनु पर्ने थियो । चरा संग ठोकिए पछि बिमान चालकले पुन: फर्काएर लागेका थिए ।

त्यस पछि पेन्स र उनका कर्मचारीहरुले कार्गो(पोतभार )बिमानबाट वाशिंगटन फर्किएका छन ।

श्रोत :सिएनएन

प्रतिक्रिया