मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १८:४२
वासिङटन डिसी 08:57

मेरिल्याण्डमा संदिग्ध व्यक्तिको गोलीबाट मृत्यु भएको व्यक्तिको पहिचान

इनेप्लिज २०७७ असोज ७ गते १:४९ मा प्रकाशित

मेरिल्याण्डमा सवारी साधन अडान क्षेत्रमा संदिग्ध व्यक्तिको गोलीबाट मृत्यु भएको व्यक्तिको पहिचान भएको छ । मेरिल्याण्डको प्रिन्स जर्ज काउन्टीका प्रहरीका अनुसार एक लाउरेलको सुबिधा पसलमा बाहिर हिड्दै गर्दा उनलाई गोली हानि हत्या गरिएको थियो ।

गत सोमबार उक्त घटना भएको हो भने लाउरेलका ३४ बर्षिय अलेकजेन्डर ली रोस द्वितीय बोवी सडकमा बिहानीपख ६ बजे भन्दा अगाडी बन्दुक भएको संदिग्धसंग उनको मुठभेड भएको थियो ।

मृतक त्यहाँबाट भागेका थिए भने संदिग्धले उनलाई पछ्याई गोली हानेका थिए । उक्त व्यक्ति पछाडी सवारी साधन अडाउने ठाउँमा प्रहरीले फेला पारेका थिए । पछि उनको अस्पतालमा मृत्यु भएको थियो ।

प्रहरीका अनुसार उक्त घटना आकस्मिक नभएको प्रहरीले बताएका छन् किनभने पटक पटक गोली हानिएको प्रहरीले जनाएका छन् । प्रहरीले संदिग्ध व्यक्तिको ब्यापक खोजी गरि रहेका छन् ।

श्रोत : डब्लुटिओपी

प्रतिक्रिया