तौल घटाउन मैले गरेको प्रयास

शशी के.सी. २०७७ असोज ६ गते २२:३२ मा प्रकाशित

को,कसको,कुन बेला प्रेरणाको श्रोत बन्छ भन्नै नसकिन्ने। केही दिन अगाडी नेपालको अभिनेत्री रेखा थापाले तौल ७० के.जी बाट ५० के.जी मा घटाएको सुनेको थिॅंए।त्यस्तै सेतोपाटी पत्रिकामा काग्रेंस नेता प्रकाशमान सिंहले २१ किलो तौल घटाएको पढें।गरे नहुने त रहेन छ नी जस्तो लाग्यो।म पनि तौल घटाउन प्रयास गर्दैछु।यो दुई खबरले तौल घटाउन हौशलाअझै बढेको छ।हुन त कति लाई तौल किन घटाउनु पर्ने भन्ने पनि लाग्ला।कतिलाई लाग्ला मज्जाले मिठो मिठो खायोअनि कुदयो वा व्यायाम गर्यो घटि हाल्छ नी।ओहो । त्यस्तो नसोचे हुन्छ। सजिलो रहेनछ तौल घटाउन।अझ एक पटक शरीरमा तौल लाग्न थाले पछि पानी पिॅंउदा पनि बढ्ने रहेछ।

मलाई आफ्नो तौल अब घटाउनु पर्छ भन्ने लागेको यही २-३ बर्ष भयो।कारण के भने,दिनचरीया,जागीर,खाना खाने तरीका र खाने मात्रामा केही फरक त आएको हैन।तर आजकल जति जति उमेर बढ्दै गयो तौल त बढ्दै जान थाल्यो।साथै अघिल्ला पुस्तामा प्राय: सबैजना मोटो घाटो हुनुहुन्छ।अनि बुढेशकालमा सबैलाई केही न केही मोटोपनको कारणले हुने स्वास्थमा ( बल्ड प्रेशर,कोलोष्ट्रोल ज्यादा,ग्याॅंष्टिक,बाथ मुटुको रोग,सुगर,घुडाॅंको हड्डी खिईने,दुख्ने) समस्या छ।ओहो यसरी त भएन,केही प्रयास त गर्नै पर्यो जस्तो लाग्यो।रोग लाग्न दिनु वा लागेर पछुताउनु भन्दा सकिन्छ भने बच्न कोशिश गर्नु राम्रो सोचेर तौल घटाउन कोशिश गर्न थालें।हुन त म अहिले पनि हेर्दा तेती मोटो देखिन्न।अनि धन्नअहिले सम्म स्वास्थमा तौल नै घटाउनु पर्ने गरेर समस्या त आएको छैन।

तौल घटाउन शुरू गर्दा ध्यान दिनु पर्ने तिन मुख्य कुराहरू खाना,व्यायाम र निरन्तरता नै हो।शुरू गर्नु अगाडी सबै भन्दा पहिले उचाई र उमेर अनुसार तौल घटि बढी के रहेछ हेर्ने।अहिले अनलाइन र गुगलको जवाना छ।एक सर्च गर्दा सबै थाहा पाईन्छ।एक उदाहरण,तपाईॅं पाॅंच फिट चार इन्च अग्लो,उमेर ४०-४९ बर्षको महिला हुनुहुन्छ भने तपाईॅंको खासमा तौल ५५ किलो हुनुपर्छ।अझ सकिन्छ भने एक पटक पुरै शरीर चेकअप गराउने।त्यसो गर्दा शरीरको अवस्था के रहेछ थाहा हुन्छ।

खाना:अमेरिका आएको शुरूका बर्षहरूमा रेष्टुरेन्ट तिर खान जाॅंदा मेनुमा यो खानामा यति क्यालोरी छ लेखेको देख्थें।त्यस्तै पसलमा खानेकुरा किन्दा बक्साको बाहिर होस् वा मासुको प्याकेट वा आलु कै पोकामा पनि लेवल टाॅंसेर कति खाॅंदा कति क्यालोरी हुन्छ लेखेको देख्थें।त्यस्तै बिदेशी साथीहरू खानेकुरा खानु अगाडी कति क्यालोरी छ हेर्ने गरेको देख्दा अचम्म लाग्थ्यो।खासमा अमेरिकामा कानुनले नै कुनै खानेकुरामा कति क्यालोरी हुन्छ देखि अरू पौष्टिक तत्व के के छ लेख्नै पर्ने गराएको रहेछ।नलेखेमा बेच्न नपाउने र जरिवाना तिराउने रहेछ।

क्यालोरी भनेको कुनै खानेकुरा खाॅंदा त्यसबाट कति शक्ति वा तागत शरीरले पाउन सक्छ त्यसैलाई भनिन्छ।शुद्ध पानीमा शुन्य क्यालोरी हुन्छ भने तेलमा धेरै हुन्छ।सामान्य, स्वस्थ मानिसलाई २४ घन्टामा २००० देखि ३००० सम्म क्यालोरी जरूरी हुन्छ।तर हामीले घरमा पकाउने र खाने खानामा क्यालोरी कति होला ठ्याक्कै भन्न गार्र्हो हुन्छ। बिभिन्न खानाकोक्यालोरी चार्टलाई प्रिन्ट गरेर भान्छामा राख्ने। अनि त्यसको आधारमा क्यालोरी अन्दाज लगाउने।

तौल घटाउन कोशिश गर्दा खानामा नियन्त्रण गर्नै पर्छ। खानामा नियन्न्रण नगरे सम्म जति हिॅंडने,दौडिने र व्यायाम गरे पनि तौल घट्दैन।मेरो अनुभव, खाना नियन्त्रण गर्ने भनेर आफुले खाॅंदै आएको खाना खान छोडेर एकै पटक चिसो बिभिन्न तरकारीको स्यालाड (salad), चिसो मासु हालेर बनाएको स्याण्डविज, फलफूल आदी मात्र खादाॅं शरीरलाई फाईदा भन्दा बेफाईदा हुने रहेछ। हाम्रो शरीरको रूटिन बिग्रेर,पेट फुल्ने, ग्याॅंस भरिने, पचाउन गार्र्हो हुने, पेट कराउने आदी हुन्छ।

आफुले खाॅंदै आएको खाना नै खाने तर थोरै वा मात्रा मिलाएर खानु उचित रहेछ। तौल बढाउने, क्यालोरी धेरै हुने,कार्वोहाड्रेट, चिल्लो बढी हुने, चिनीको मात्रा ज्यादा हुने खानेकुरा ज्यादै कम खाने।प्रोटिन, फलफूल, दूध जन्य पदार्थ दही,चिज आदी बढी खानुपर्छ।नेपाली खाना भात, दाल, तरकारी खाॅंदा भात धेरै नखाएर,सबै बराबर खाने।भात अलि बढी खाउॅं जस्तो लाग्छ भने धेरै पटक चामल पखाल्ने वा पुरानै चलन जस्तै माड फालेर पकाएर खाने।उसिना चामल, मार्सी चामल,कालो चामल आदी खाने।चामलको सट्टा किनुवा,फापर, गहुॅं, मकै आदी पनि खान सकिन्छ।दिनमा धेरै पानी पिउने।चिसो पानी पिउन मन लाग्दैन भने,तातो पानीमा कहिले ग्रिन टी हालेर,कहिले कागती,मह पानी र बेसार, जिम्मु, ज्वानो, अदुवा पानी पनि पिउॅंदा राम्रो हुन्छ।

व्यायाम: सबैभन्दा सजिलो तौल घटाउने व्यायाम भनेको

जति सकिन्छ हिॅंडने र दौडिने हो।दौडिन गार्हो हुन्छ भने छिटो छिटो नरोक्कि हिॅंडने।नेपालमा बिहानमात्र मान्छेहरू व्यायाम भनेर हिॅंडने, दौडिने गरेको देखेको अमेरिका आएको शुरूको दिनहरूमा मान्छेहरू बिहान,दिउॅंसो,बेलुका जतिबेला पनि हिॅंडने,दौडिने गरेको देख्दा अचम्म लाग्थ्यो।खासमा व्यायाम जुन बेला गरे पनि हुने रहेछ।

अर्को हामी नेपाली महिला होस् वा पुरूष, मोटो घाटो होस् वा दुब्लो पातलो प्राय: सबैको भुॅंडी वा पेट मज्जाले डम्म लागेको देखिन्छ। सबै समस्या, रोगको जड नै त्यहीं छ र सबै भन्दा घटाउन गार्हो नै फेरी त्यही। युट्युबमा ‘पेट घटाउने’ बिभिन्नव्यायामहरू हेरेर त्यस मध्ये आफुलाई जुन सजिलो लाग्छ त्यही व्यायाम हप्ताको ४-५ पटक गर्ने। अरू घरको सरसफाई, भ्याकुम लगाउने, बाथरूम सफा गर्ने, भुॅंई पुस्ने, लुगा हातले मिचीमिची धुने, करेसाबारी, फुलबारीमा काम गर्ने आदी गर्दापनि शारीरिक व्यायाम पुग्छ।

निरन्तरता: मैले तौल घटाउन कोशिश गर्दा सबै भन्दा अप्ठेरो महसुस गरेको नै निरन्तरता हो चाहे खाना कन्ट्रोल गर्दा होस् वा चाहे व्यायाम गर्दा नै किन न होस्।हो आफुले त घरमा खाना सन्तुलन मिलाएर, कन्ट्रोल गरेर खाईन्छ।तर हामी समाजमा बस्ने मान्छे बर्षमा बिभिन्न चाडपर्व,उत्सव,भोज,पार्टीहरू पर्छन्। त्यहाॅं सॅंधै खाने खाना भन्दा अलिक बेसी चिल्लो,पिरो, मसालेदार खाना,मिठाई आदी पकाएको हुन्छ। म त खान्न भन्न मिल्दैन। कहिले आफु जानु पर्छ,कहिलेआफुले खान बोलाउनु पर्छ।अरूकोमा खान जाॅंदा खान्न भन्दा अरूले पनि त आफ्नोमा आएको बेला खाॅंदैनन् फेरी।यस्तो अबस्थामा जति सकिन्छ कम खान कोशिश गर्ने वा भोज जानु अगाडी वा पछाडीका केही दिन खाने खानाहरूमा अलिक कन्ट्रोल गरेर सन्तुलन मिलाउने।

व्यायाम एक्लै गर्दा केही दिनपछि अल्छी लाग्न थाल्छ।त्यसैले घरमा बुढा बुढी दुवै मिलेर एकैपटक हिॅंड्ने, दौडिने वा अरू शारीरिक व्यायाम गर्नु राम्रो हुन्छ। एकले अल्छि गर्दा,अर्कोले हौसला वा थर्काउन मिल्छ।

-शशी के.सी.

प्रतिक्रिया