मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १८:२२
वासिङटन डिसी 08:37

अनेसासमा सत्र सदस्य महिला समिति गठन

इनेप्लिज २०७७ असोज ६ गते १:५५ मा प्रकाशित

अमेरिका ।अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको महिला समितिले पूर्णता पाएको छ । आइतबार समितिका अध्यक्ष प्रकाश पौडेल माइलाको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले समितिलाई पूर्णता दिएको हो ।

समितिको सदस्यहरूमा रजनी श्रेष्ठ- (डिसी, अमेरिका), लतिका जोशी – (सिल्गुडी भारत) ,सीता बराल- (पोर्चुगल) ,आचार्य प्रभा – (कोलोराडो, अमेरिका),गीता रेग्मी- (नेपाल), माया केसी – (कतार), बिष्णा बिरही- (सिकागो,अमेरिका), कमला न्यौपाने – (कान्सास,अमेरिका),अमेरिका,गीता बजगाईँ- (क्यालिफोर्निया, अमेरिका),रिजा प्रधान – (पर्थ, अस्ट्रेलिया ),मन्जु भन्डारी -(बेलायत),शारदा पौडेल ‘निशा’ -( स्पेन) ,निर्मला राई – (टेक्सास, अमेरिका),सबिना रेग्मी- (जापान), जानुका ढुंगेल- (फ्लोरिडा,अमेरिका) रहेका छन् ।

यसैगरि समितिमा शान्ता अधिकारी घिमिरे – (न्यूयोर्क, अमेरिका) लाई,नवरत्न पुरस्कार संयोजकमा मनोनयन गरेको छ ।समाजले समितिको स‍ंयोजकमा उर्मिला निर्दोषीलाई यसअघि नै मनोनयन गरिसकेको छ।

दुईबर्षे कार्यकाल रहने समितिले महिला सम्मेलन,नवरत्न पुरस्कार समर्पण,महिला सर्जकको कृति प्रकाशन र गोष्ठीहरू गर्ने छ ।

प्रतिक्रिया