मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १७:५४
वासिङटन डिसी 08:09

कनेक्टिकटका दुई नेपाली समुदायमा आधारित लायन्स क्लवहरुद्वारा फलफुल तथा तरकारी बितरण

इनेप्लिज २०७७ असोज ६ गते ०:१५ मा प्रकाशित

लायन्स क्लव तपाई हामिले सँधै सुनेको बिस्व व्यापी सामाजिक संस्था हो।अमेरिकाको बिभिन्न राज्यहरुमा नेपालीहरुको अग्रसरतामा थुप्रै लायन्स क्लबहरु खुलिरहेका छन् र निरन्तर समाजका मन जित्ने काम पनि गरिरहेका छन्  गैर नेपाली समुदाय संग पनि सम्पर्कमा रही नेपाली अमेरिकी जनजीवन लाई जोड्न लायन्सले पुलको काम गरेको छ भन्दा खासै फरक पर्दैन ।

अहिले कोभिड १९ को प्रकोपले बिश्व प्रभावित छ । थुप्रै मान्छेको जागिर गुमेको छ भने व्यबसाय प्रभावित बनेको छ । यस्तो अवस्थामा दिईने उचित सल्लाह, मनोबल बढाउन दिईएका हरेक वाक्यले समेत अर्थ राख्दछ भने दैनिकी सञ्चालनका लागि गरिने सहयोगले पनि ठूलो अर्थ राख्दछ ।

यसै क्रममा कनेक्टिकटका दुई नेपाली समुदायमा आधारित लायन्स क्लवहरु हार्टफोर्ड काउन्टी एभ्रेस्ट सेन्टिनिएल लायन्स क्लब र वेस्ट हार्टफोर्ड लुम्बिनी लायन्स क्लबले संयूक्त रुपमा फलफुल तथा तरकारी बितरण कार्यक्रमको आयोजना गरेका थिए । आफ्नै समुदाय र सदस्यलाई केन्द्रित गरी गरिएको सो महत्वपूर्ण इभेन्ट बाट थुप्रै जनाले लाभ लिनु भएको थियो ।

१८/ २० पाउण्डका झण्डै १५० वटा जती वक्सहरु फल्फुल र सागसब्जी राखी बितरण गरिएको थियो । नेपालीहरुको मूख्य बस्ती रहेको केन स्टृटको जो एज प्लाजाको पार्किङ्ग लटमा गरिएको त्यो इभेन्टमा स्वमसेवकहरु माक्स सहित सामाजिक दुरी कायम गरी काम गरिरहेका थिए । सो दुई संस्थाका अध्यक्ष , चार्टर प्रेसिडेन्ट र लायन्स क्लाबका अन्य महत्वपूर्ण ब्याक्तित्वहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया