मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १७:३८
वासिङटन डिसी 07:53

नेपालको संविधान २०७२ को सन्दर्भमा फिप्ना अमेरीकाद्वारा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

विभेदकारी संविधान पुनर्लेखन आजको आवश्यकता

इनेप्लिज २०७७ असोज ५ गते २३:२३ मा प्रकाशित

नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना) को आयोजनामा “नेपालको वर्तमान संबिधानमा देखिएका विभेदकारी धाराहरू तथा आदिवासी जनजाति र उत्पीडित समुदायको सवाल “विषयक नेपालको संविधान २०७२ जारी भएको मिति असोज ३ को सन्दर्भमा एक वैचारिक भर्चुवल छलफल तथा अन्तर्किया कार्यक्रम सेप्टेम्बर २० , २०२० मा सम्पन्न भएको छ ।

उक्त अन्तर्क्रिया तथा छलफल कार्यक्रमामा नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव प्रा.डा. ओम गुरूङ र लाहूर्निपका महासचिव अधिवक्ता शंकर लिम्बुहरूबाट उक्त विषयमा आफ्नो धारणा व्यक्त गर्नुभएको छ ।

अन्तर्क्रियाको सारांशमा – नेपालको संविधान २०७२ ले जनआन्दोलन, जनयुद्ध, आदिवासी जनजाति आन्दोलन, ऐतिहासिक मधेश जनबिद्रोह , धारू विद्रोह लगायतका आन्दोलनहरुको बेलामा सरकारसँग भएका सम्झौताहरु, अन्तरिम संविधानमा भएका प्रावधानहरु, पहिलो संविधान सभामा सर्वसम्मत भईसकेका बिषयहरु तथा जनताको अभिमतलाई समेत अनादर र उपेक्षा गर्दै सरकारले जनतामाथि दमन र हत्या गरी जारी गरिएको विभेदकारी, अधुरो, अपुरो एवम् त्रुटीपूर्ण संविधानले आदिवासी जनजाति, मधेसी, दलित/शिल्पी, महिला, खस, मुस्लिम, थारु, अल्पसंख्यक समुदायहरुका साथै उत्पीडित जात/जाति एवम् समुदायहरुले उठाउँदै आएका राष्ट्रिय मुद्दाहरुलाई सम्वोधन गर्न सकेको छैन ।

हजारौ नेपाली जनताको त्याग र बलिदानी वाट स्थापित संविधान सभा र त्यसबाट जारी संविधान एकल जातिय वर्चश्य रहने गरी संघियताको भावना र मर्म विपरीत नेपालको सयौ पहिचानहरूलाई अस्वीकार गरेको , केही सिमित वर्ग र समुदायको पक्षमा रहेको वर्तमान संविधान पुनर्लेखन आजको आवश्यकता हो ।

त्यसको लागी आदिवासी जनजाति, मधेसी, थारू , मुश्लिम, सिल्पी साथै उपेक्षित र उत्पीडीत वर्ग तथा समुदायले सामाजिक जागरण मात्र नभएर राजनितीक संघर्ष बाट मात्र हाम्रो उपलब्धीहरू प्राप्त गर्न सक्छौ , त्यसको लागी छुट्टै राजनितीक शक्ती निर्माण हुन आजको आवश्यकता हो ।

अन्तर्क्रिया कार्यक्रममा विषय वस्तु प्रस्तुतीकरणको लागी प्रा.डा. ओम गुरूङ, अधिवक्ता शंकर लिम्बु साथै सक्रिय सहभागिता साथै प्रतिक्रिया जनाउनुहुने , प्रश्नकर्ताहरू , सामाजिक अभियन्ताहरू , फिप्नाका सदस्य संस्थाका प्रमूख तथा प्रतिनिधिहरू ,सल्लाहाकार ,संघिय परिषदका पदाधिकारीहरू , हाम्रो निमन्त्रणालाई स्विकारेर सहभागी जनाउनु हुने सम्पूर्ण संघ संस्थाका प्रमूख तथा प्रतिनिधिहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौ ।

लोक चेम्जोङ अध्यक्ष- नेपाल आदिवासी जनजाति महासंघ अमेरीका ( फिप्ना)

प्रतिक्रिया