मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १८:२४
वासिङटन डिसी 08:39

डिसीमा काममा नभएका एक प्रहरी र संदिग्ध बीच गोली हानाहान,संदिग्ध घाइते

इनेप्लिज २०७७ असोज ४ गते १७:११ मा प्रकाशित

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा काममा नभएका(अफ ड्युटी)मा रहेका एक प्रहरी र संदिग्ध बीच गोली हानाहान भएको छ । उनले संदिग्ध व्यक्तिलाई घाइते तुल्याएका छन ।

प्रहरीका अनुसार गत शुक्रबार राती ११:१५ बजे दुई जना बीच भिडन्त भएको थियो । हतियार सहित आएका उक्त व्यक्तिसंग वाशिंगटन डिसीको उत्तर पूर्वको मिनेसोटा एभेन्यु(मार्ग)मा मुठभेड भएको थियो ।

अधिकारीका अनुसार उक्त क्षेत्र छोड्नु अगाडी एकले अर्कालाई गोली चलाउन सुरु गरेको बताएका छन । केही क्षण पछाडी एक बन्दुकको गोलीको कारण उक्त संदिग्ध व्यक्ति घाइते अवस्थामा पाइएकोले उनलाई नजिकैको अस्पतालमा लगिएको थियो ।

प्रहरीका अनुसार काम सकेर बसेका प्रहरी अधिकारीलाई कुनै चोट पटक नलागेको प्रहरीले जनाएका छन् ।

श्रोत : डब्लुटिओपी

प्रतिक्रिया