४ असोज, काठमाण्डौं । नेपालमा आज काठमाडौं उपत्यकाका ७ सय ६७ जना सहित देशैभरी १३२५ जना कोरोना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज काठमाडौंमा ६०२, भक्तपुरमा १०१ र ललितपुरमा ६४ जना संक्रमित थपिएका हुन् । मन्त्रालयका अनुसार आज प्रदेश १ को उदयपुर, भोजपुर र तेह्रथुममा १\१ जना, झापामा ३, पाँचथरमा २, मोरङमा ६३ र सुनसरीमा ७ जना संक्रमित थपिएका हुन् ।
प्रदेश २ को धनुषामा २, पर्सामा १४, बारामा १, रौतहटमा २६, सप्तरीमा ५, सर्लाहीमा १० र सिराहामा १८ जना संक्रमित थपिएका छन् ।
बागमती प्रदेशको काठमाडौंमा ६०२, काभ्रेपलान्चोकमा २, चितवनमा १५, दोलखामा ४, धादिङमा २१, नुवाकोटमा १, भक्तपुरमा १०१,मकवानपुरमा २४, ललितपुरमा ६४, सिन्धुपाल्चोकमा ३ र सिन्धुलीमा १ जनामा संक्रमण देखिएको छ ।
गण्डकी प्रदेशको कास्कीम ३०, गोरखामा २, तनहुँमा १,लमजुङमा १८ र बागलुङ र स्याङजामा १\१ जना संक्रमित थपिएका छन् ।
त्यस्तै प्रदेश नं ५ को अर्घाखाँचीमा १, कपिलवस्तुमा १२, गुल्मीमा ६, नवलपरासीमा १२, पाल्पामा १२, प्युठानमा ११, बर्दियामा ६, बाँकेमा ३२, रुपन्देहीमा ११३ र रोल्पामा १ जनामा संक्रमण पुष्टि भएको छ ।
कर्णाली प्रदेशको कालिकोटमा १ र सुर्खेतमा २९ जना थपिएका छन् भने सुदूरपश्चिम प्रदेशको अछाममा १०, कैलालीमा १२ र बझाङमा १९ जना संक्रमित थपिएसँगै आज देशैभरी १३२५ जना संक्रमित थपिएका छन् । जसमा महिला ४६९ र पुरुष ८५६ जना रहेका छन् ।
आज थपिएका १३२५ जनासँगै नेपालमा हालसम्मको कूल संक्रमितको संख्या ६४ हजार १२२ पुगेको छ ।
प्रतिक्रिया