पहिलो भटमै सार्वजनिक गरे शम्भुजीत, डब्बु र सरिताले

इनेप्लिज २०७७ असोज ४ गते १२:१० मा प्रकाशित

 

काठमाडौं, ४ असोज,

नयाँ गीति सँग्रह‘पहिलो भेटमै’श्रोता माझ आएको छ।सँग्रहमा अग्रज संगीतकार शम्भुजीत बासकोटाको संगीत र जुगल डंगोलको संगीत,गीतकार डब्बु क्षत्रीको शब्द र गायिका सरिता भारतीको स्वरमा २ वटा गीत रहेको छ।कोरोना सँक्रमणका कारण आसपी दुरी कायम गर्दै बरिष्ट संगीतकार बासकोटा,गायिका भारती र गीतकार क्षत्रीले यो गीतिसंग्रहलाई काठमाडौंको नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा सार्वजनिक गरेका छन्।

जसमा बजाई देउ बाजा…र पहिलो भेटमा…बोलको गीत रहेको छ। सो क्रममा बरिष्ट संगीतकार शम्भुजीत बासकोटाले यस अघि डब्बु क्षत्रीका केही गीतमा आफुले संगीत गरिसकेको तर गायिका सरिताको लागि पहिलोपटत संगीत गरेकोे बताए।सरिता राम्री गायिका भएको र उनको यो गीतलाई दर्शकले मन पराउने बताउँदै बासकोटाले शुभकामना पनि दिए।

यस अघि मेरो जवानी…, लुडो र तास…,कोरोनाले देशै रायो…रातो सारी लरक्कै…जस्ता सिँगल ट्रक यलबम निकालेकी सरिताले अग्रज संगीतकार बासकोटासंग काम गर्न पाउँदा निकै कुरा सिक्ने अबसर पाएको बताईन्।यसै साता गायक हेम श्रेष्ठसँग आफ्नो दशैं गीत र असोजको तेश्रो साता गायक हिमालय राजसँग देउडा गीत आउने पनि उनले जानकारी गराईन्।बिगत आधा दशकदेखि गायनमा सक्रिय सरिताले सांस्कृतिक संस्थानबाट गायनमा डिप्लोमा गरेर गायन यात्र अघि बढाएकी हुन्।

गीतकार क्षत्रीले करिब ७ वर्षपछि अग्रज संगीतकार बासकोटासँग काम गर्ने अबसर जुरेको बताए।अब बासकोटासंग सांगीतिक सहकार्य निरन्तर अघि बढ्ने विश्वास उनले व्यक्त गरे।

बजाई देउ बाजा लोक पप शैलीको गीत हो।जसमा अग्रज संगीतकार शम्भुजीत बासकोटाको संगीत, डब्बु क्षत्रीको शब्द र सरिता भारतीको स्वर रहेको छ । यो गीत नृत्यप्रधान बनेको छ।गीतको भिडियो भने केही साता पछि रिलिज गर्ने गीतकार क्षत्रीले कार्यक्रममा बताए।यस्तै यो सँग्रहमा रहेको अर्को गीत पहिलो भेटमै…लाई जुगल डंगोलले संगीत गरेका हुन्।दुबै गीतको संगीत संयोजन तथा रेकर्डिङ जुगल डंगोलकै हो।यो लोक शैलीको गजललाई गायिका सरिता भारती आफैंले लेखेकी हुन्।यो गीतिसंग्रहलाई आर्टोम्युज रेकर्डिङ स्टुडियोले बजारमा ल्याएको हो।

यसैबीच पहिलो भेटमै…गीतको भिडियो पनि रिलिज गरिएको छ।जसमा अभिनेता दिक्पाल कार्कीसंग गायिका सरिता भारती आफैंले मोडलिङ गरेकी छन् ।रामशरण उप्रेतीले खिचेको यो भिडियोलाई मित्र डि गुरुङले सम्पादन गरेका हुन् ।डब्बु क्षत्रीले निर्देशन गरेको यो भिडियो ब्युटी न्युज नेपाल च्यानलबाट हालै सार्वजनिक गरिएको हो।भिडियोले दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको छ।

प्रतिक्रिया