मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १७:४९
वासिङटन डिसी 08:04

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ४१ हजार,६ सय ७२ को मृत्यु

इनेप्लिज २०७७ असोज ४ गते ११:३३ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४१ हजार ७ सय ८३ पुगेको छ । जोन्स हप्किन्स बिश्वबिद्यालयका अनुसार कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ६ सय ७२ पुगेको जनाएको छ । उक्त तथ्याँक गत शनिबार सेप्टेम्बर १९ का दिन २४ घन्टामा लिइएको हो ।

गत शुक्रबार भाइरसबाट संक्रमित हुनेको संख्या ४८ हजार ९ सय ४६ पुगेको थियो भने कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९ सय ४६ पुगेको जनाएको थियो ।

गत शुक्रबार भन्दा शनिबार सक्रमित र मृत्यु हुनेको संख्यामा कमि देखिएको छ ।

अमेरिकामा हाल सम्म २ लाख ३ हजारको ६० मृत्यु भएको भने ६९ लाख ६ हजार ८ सय संक्रमित भएका छन् । अहिले सम्म२८ लाख १२ हजार निको भै सकेका छन् ।

गत हप्तामा औसतमा हरेक दिन संक्रमित हुनेको संख्या ४० हजार ६ सय ५९ रहेको छ ।

श्रोत :जोन्स हप्किन्स बिश्व बिद्यालय/न्यूयोर्क टाइम्स

प्रतिक्रिया