मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १८:३०
वासिङटन डिसी 08:45

टेक्सस ड्यालसमा भएको गोलीकाण्डमा १९ बर्षिय युवाको मृत्यु ,२ अन्य घाइते

इनेप्लिज २०७७ असोज ४ गते ०:५७ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यको ड्यालसमा भएको गोलीकाण्डमा १९ बर्षिय युवाको मृत्यु भएको छ । उक्त गोलीकाण्डमा अन्य दुई जना घाइते समेत भएका छन् । उक्त घटना जुवा खेलमा घटेको ड्यालस प्रहरीले बताएका छन ।

गत शुक्रबार सेप्टेम्बर १८ का दिन साँझ ५:४५ बजे दक्षिण ड्यालस स्थित ह्याम्पटन भिलेज आवास गृहमा गोली चले पछि बोलाईएको थियो । जहाँ ३ जनालाई गोली प्रहार गरिएको थियो ।

प्रहरीका अघिल्ला सूचना अनुसार थुप्रै मानिसहरु जुवा खेली रहेको समयमा वादविवाद भए पछि गोली हानाहान भएको जनाएका छन् । गोली लागेको मध्ये एक जनाको मृत्यु भएको घोषणा गरिएको थियो ।

गोली हान्नेको नाम खुलाईएको छैन भने उनलाई कारागारमा लगे पछि सार्वजनिक गरिने प्रहरीले जनाएका छन् । प्रहरीका अनुसार संदिग्ध र अर्का मानिस गोली चल्दा घाइते भए पछि अस्पतालमा भर्ना गरिएको छ ।

संदिग्धको अवस्था स्थिर अवस्था रहेको र अर्का मानिसको अवस्था गम्भीर रहेको छ ।

श्रोत :एनबिसीडिएफडब्लु

प्रतिक्रिया