मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १७:३९
वासिङटन डिसी 07:54

टेक्ससमा नवौ दशैं कप भकुण्डो प्रतियोगिता अक्टोबर १७ मा हुने

विजय थापा २०७७ असोज ३ गते २१:४९ मा प्रकाशित

डिसी । अमेरिकाको टेक्सस राज्यको ड्यालसमा हुने नवौ दशैं कप भकुण्डो प्रतियोगिता अक्टोबर १७ का दिन हुने भएको छ । गत बर्ष सेप्टेम्बर २८मा सुरु भएको थियो भने यस बर्ष अक्टोबरमा हुनेछ भने यस बर्षको बिजया दशमी अक्टोबर २६ का दिन परेको छ ।

कोरोनाको महामारीमा पनि बिगत बर्ष झैँ यस प्रतियोगितालाई निरन्तरता दिने आयोजकको तर्फबाट संयोजक बिनोद बिष्टले जानकारी दिएका छन् ।अमेरिकाको टेक्सस राज्यको ड्यालसमा बिगत ९ बर्ष देखि संचालनमा रहेको यस बर्ष नवौ दशैं कप भकुण्डो प्रतियोगिता १ दिन हुनेछ ।

नवौ दशैं कप भकुण्डो प्रतियोगिताको आयोजक ड्यालस गोर्खाज फुटबल टिम रहेको छ । हरेक बर्ष नेपालीहरुको महान चाड बडा दशैंको उपलक्ष्यमा दशैँ अगाडी आयोजना गरिन्छ । ड्यालस गोर्खाज फुटबल टोलिका संयोजक बिनोद बिष्टका अनुसार यस बर्ष पनि बिगत बर्ष झैँ टोलीहरु सहभागी हुने अपेक्षा गरेको ईनेप्लिजलाई बताए ।

प्रतियोगितामा सहभागी हुने टोलीले धमाधम दर्ता सुरु गर्न थालेका छन दर्ता शुल्क ४ सय डलर राखिएको छ । यस पटक पनि लस एन्जेलस ,न्यू योर्क मीनेसोटा लगायतले भाग जनाउने भएका छन ।

दर्ता अक्टोबर १० सम्म गर्नु पर्ने भएकोले अझ टोली वृद्धि हुन् सक्ने छ । गत बर्ष २९ वटा खेल टोलीले भाग लिएका थिए । बिजयी हुने समूहलाई नगद तथा पुरस्कार समेत गरेर कुल ५ हजार डलरको व्यवस्था गरिएको छ । उक्त दशैँ भकुण्डो प्रतियोगितामा ३५ बर्ष माथिका खेलाडीहरुको पनि प्रतियोगिता रहने छ ।

३५ बर्ष भन्दा माथि उमेरको टोलि बिजेताले १ हजार डलर र उप बिजेताले ५ सय डलर प्राप्त गर्ने छन् । अर्को समूहका खेलमा बिजेताले २ हजार ५ सय डलर नगद तथा पदक प्राप्त गर्ने छन् भने उप बिजेताले १ हजार डलर नगद तथा पुरस्कार प्राप्त गर्ने छन् ।

ड्यालस गोर्खाज फुटबल (भकुण्डो )टोलिका बिष्टले हरेक बर्ष खेलकुद क्षेत्रमा बिशेष योगदान गर्नु हुने एक खेलाडीलाई सम्मान गर्ने समेत कार्यक्रम रहेको बताए ।

यो प्रतियोगिता ५ का बिरुद्ध ५ अर्थात् ५ भर्सेज ५ शैलीमा खेल खेलाइने छ ।

प्रतिक्रिया