गीतकार रबि मान सिंह बस्न्यातको शब्द तथा डम्बर हिङ्गमाङ्गको स्वरमा ‘मनमा नेपाल’गीत सार्वजनिक

इनेप्लिज २०७७ असोज ३ गते २०:१६ मा प्रकाशित

“नेपाल नै धर्म, नेपाल नै जात, नेपाल नै पहिचान
न झुक्यो कहिले न हार्‍यो कहिले नेपाली स्वाभिमान”

क्यानडामा बस्दै आएका गीतकार रबि मान सिंह बस्न्यातको शब्द तथा डम्बर हिङ्गमाङ्गको स्वरमा ‘मनमा नेपाल’गीत सार्वजनिक भएको छ । उक्त गीत सेप्टेम्बर १९ का दिन सावर्जनिक गरिएको छ भने यसको अवधारणा गीतकार बस्न्यातले गरेका हुन् ।

करिब दुई बर्ष भन्दा बढिको प्रयास पछि प्रतिभामान गायक/संगीतकार डम्बर हिङ्गमाङ्ग संग सहकार्य र संगीत संयोजक गोपाल रसाईलीको सङ्गीत संयोजनमा “ मनमा नेपाल” नामक भिडियो तयार गरेको गीतकार बस्न्यातले उल्लेख गरेका छन् ।

कोरोनाको महामारीको बीचमा पनि सुरक्षित साथ योजना बमोजिम भिडियो बनाउन दिनरात खटिएर मद्धत गर्ने मनहरु साथै निर्देशक सियोन श्रेष्ठ प्रति बस्न्यातले बिशेष धन्यबाद दिएका छन ।

गीतकार बस्न्यातले यस गीतलाई यहाहरुले मन पराई दिनु हुन्छ भन्ने आशा र बिश्वासका साथ धेरै भन्दा धेरै Like/ subscribe, comment गरेर नयाँ उदाउदो कलाकारलाई कदर श्वरुप सहयोग गर्न अनुरोध समेत गरेका छन् ।

उनले आगामी परियोजनाको लागि सल्लाह,सुझाव र प्रतिक्रियाको अपेक्षा समेत गरेको बताएका छन ।

गीत सुन्न यहाँ थिच्नु होला :

 

प्रतिक्रिया