शैलजा आचार्य पत्रकारिता पुरस्कार आचार्य र घिमिरेलाई

इनेप्लिज २०७७ असोज ३ गते १३:४६ मा प्रकाशित

विराटनगर,३ असोज।विराटनगरका दुई जना पत्रकारलाई शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट आज यहाँ पुरस्कृति गरिएको छ।

नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच आज यहाँ भर्चुअचल कार्यक्रम गरी न्यूज २४ टेलिभजिनककी तारा आचार्य र कान्तिपुर दैनिक प्रदेश १ का प्रमुख माधव घिमिरेलाई जुममार्फत पुरस्कार वितरण गरिएको हो। पुरस्कारको राशि जनही नगद रु.१५ हजार रहेको छ।

पुरस्कारको राशि अनलाइन बैंककिङ प्रणाली(आईपीएस) मार्फत पत्रकारको खातामा पठाइएको र सम्मान पत्र युनियनका पदाधिकारीले घरमै लगिदिने युनियनका मोरङ अध्यक्ष कुमार लुइँटेलले बताउनु भयो।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले पुरस्कारलाई स्थायी र दिगो बनाउन अक्षयकोष स्थापना गर्न सहयोग गर्ने धारणा राख्नु भयो।

प्रेस युनियनका केन्द्रीय अध्यक्ष बद्री सिग्देलले प्रविधि प्रयोग गरेर पुरस्कार वितरण कार्यक्रम नयाँ प्रयास भएको बताउनु भयो।नेपाली काङ्ग्रेस प्रदेश संसदीय दलका सचेतक सूयर्माराज राईले राजनीतिक क्षेत्रमा शैलजा आचार्य साहसको प्रतिमूर्ति भएको चर्चा गर्नु भयो।

नेपाली काङ्ग्रेसका जिल्ला सचिव मोदराज घिमिरे,पुरस्कृत पत्रकार घिमिरे, नेपाल पत्रकार महासंघ प्रदेश अध्यक्ष विक्रम लुईटेल, जिल्ला अध्यक्ष बन्धु पोखरेल,युनियनका पूर्वान्चल संयोजक लिलावब्लव घिमिरे,नेपाल प्रेस संगठन मोरङका अध्यक्ष सुदिप कोइरालालगायतले कोरोना महामारी यस समयमा पत्रकारहरुलाई परेको असहज समस्यामा सवैको सहयोग हुनुपर्नेमा जोड दिनु दिएका थिए।

शैलजा स्मृति पत्रकारिता पुरस्कारबाट यसअघि,विराटनगरका पत्रकार शेखर रेग्मी,शंकर खरेल,शंकर लुइँटेल,सुशीला पाठक,रंञ्जीता पोखरेल,नरेन्द्र बस्नेत,मदनबाबु प्रसाईलगायत पुरस्कृत भइसकेकाछन्।

प्रतिक्रिया