भारतमा कोरोनाबाट घर फर्कदै गर्दा श्रमिक बिशेष रेलमा यात्रा गर्ने ९७ जनाको मृत्यु,एकैदिनमा ९३ हजार संक्रमित

इनेप्लिज २०७७ असोज ३ गते १०:५९ मा प्रकाशित

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा कोरोनाबाट १ हजार २ सय ४७ जनाको मृत्यु भएको जनाएको छ । भारतमा आफ्नो घर फर्की रहेका श्रमिक बिशेष रेलमा यात्रा गर्ने ९७ जनाको मृत्यु भएको केन्द्रले उल्लेख गरेको छ ।

भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या ८५ हजार ६ सय १९ पुगेको छ । पछिल्लो २४ घण्टामा ९३ हजार ३ सय ३७ जना संक्रमित पुष्टि भएको छ । हाल सम्म भारतमा कोभिड-१९ बाट संक्रमितको संख्या ५३ लाख १२ हजार ३७ पुगेको छ ।

संक्रमित हुने देशको सुचीमा अमेरिकापछि भारत दोस्रो स्थानमा रहेको छ भने अहिलेसम्म ४२ लाख ८ हजार ४ सय ३२ जना ठिक भएका छन् ।

श्रोत:हिन्दुस्तान टाइम्स/एनडिटिभी

प्रतिक्रिया