मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १७:४४
वासिङटन डिसी 07:59

अमेरिकामा एकै दिनमा कोभिड-१९ बाट संक्रमित हुनेको संख्या ४८ हजार, ९ सय ४६ को मृत्यु

इनेप्लिज २०७७ असोज ३ गते १०:३२ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४८ हजार ९ सय ४६ पुगेको छ । जोन्स हप्किन्स बिश्वबिद्यालयका अनुसार कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ९ सय ४६ पुगेको जनाएको छ । उक्त तथ्याँक गत बिहिबार सेप्टेम्बर १८ का दिन २४ घन्टामा लिइएको हो ।

गत बिहिबार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४४ हजार ३ सय ३६ पुगेको थियो भने कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ८ सय ७० पुगेको जनाएको थियो । सेप्टेम्बरको मध्य सम्म औसतमा ८ सय ५० जनाको मृत्यु भएको न्यूयोर्क टाइम्सले समाचार प्रकाशित गरेको छ ।

अमेरिकामा हाल सम्म २ लाख २ हजारको मृत्यु भएको भने ६८ लाख ६२ हजार संक्रमित भएका छन् । अहिले सम्म २७ लाख ९५ हजार निको भै सकेका छन् ।

श्रोत :जोन्स हप्किन्स बिश्व बिद्यालय/न्यूयोर्क टाइम्स

प्रतिक्रिया