मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १७:१८
वासिङटन डिसी 07:33

भर्जिनियामा कोभिड-१९ बाट सबैभन्दा कम उमेरको किशोरावस्थाको व्यक्तिको मृत्यु

इनेप्लिज २०७७ असोज ३ गते १:०४ मा प्रकाशित

 

भर्जिनियामा कोभिड-१९ बाट सबैभन्दा कम उमेरको किशोरावस्थाको एक व्यक्तिको मृत्यु भएको छ । भर्जिनिया स्वास्थ्य बिभागले दक्षिणी भर्जिनियामा कोरोनाभाइरसबाट मर्ने राज्यको सबैभन्दा कान्छो व्यक्ति भएको जनाएको छ ।

भर्जिनिया स्वास्थ्य विभागले शुक्रबार मात्र उक्त व्यक्ति दक्षिणपश्चिम स्वास्थ्य जिल्लाको १० देखि १९ वर्षको उमेर बीचमा रहेको भन्दै किशोर या किशोरी उल्लेख नगरी किशोरावस्थाको व्यक्तिको मृत्यु भएको बताएका छन ।

भर्जिनियामा करिव ३ हजार जनाको कोभिड-१९ बाट मृत्यु भएता पनि हालसम्म ३० बर्ष भन्दा कम उमेरका कोही पनि कोभिड-१९ बाट मृत्यु भएका छैनन ।

भर्जिनियामा कोरोना भाइरसको कारण ९० प्रतिसत मृत्यु हुनेहरूमा ६० बर्ष उमेर या त्यो भन्दा माथि उमेर भएकाको मृत्यु भएको छ ।

श्रोत :एपी/डब्लुटिओपी

प्रतिक्रिया