लोक दलको प्रेस बिज्ञप्ति

इनेप्लिज २०७७ असोज २ गते २२:३२ मा प्रकाशित

व्यापक जनविरोध र जनआक्रोशकाबीच २०७२ सालमा बनेको नेपालको संविधानले मधेसी, पिछडा वर्ग लगायत कमजोर वर्गको अधिकारलाई संरक्षण गर्न नसकेको प्रष्ट हुदाँ हुँदै पनि संविधानमा असन्तुष्टि राख्ने राजनीतिक दल र पक्षहरु सत्ता संग सहकार्य गर्दै अगाडी बढिरहेको अवस्थामा अब संविधानमा आफ्नो अधिकार सुरक्षित गराउन तथा शासन सत्तामा आफ्नो सहभागिताको लागि नयाँ संघर्ष र क्रान्तिको आवश्यक्ता रहेको ठहर लोक दलको छ । पिछडा र उत्पीडित वर्गको पक्षमा अब हुने नयाँ संघर्ष र क्रान्तिको नेतृत्व नयाँ पुस्ताले गर्नुपर्ने देशका सबै वर्ग समुदायले गरिरहेको अवस्थामा लोक दलले यही नयाँ सोच र विचारलाई अगाडी बढाउँदै संविधानमा संशोधनको माग गरिरहेकोछ ।

लोक दलले संविधानमा संशोधन गरी जनअधिकारको स्थापना गरी सबै पक्ष र समुदायको समान अधिकार स्थापित गराउने लक्ष्य लिएको छ । जसले संघीय लोकतान्त्रिक गणतन्त्रको सच्चा अनुभूति देशका गरिब, मजदुर, पिछडा,उत्पीडित वर्गले गर्नेछ।

२०७२ सालमा असोज ३ गते जनभावनालाई कुल्चिदै बन्दुकको बलमा लाशमाथि जारी गरिएको नेपालको संविधान मधेसी, पिछडावर्ग विरोधी रहेकाले संविधानमा आफ्नो अधिकारको लागि नयाँ संघर्षमा अगाडी बढौं र असोज ३ गते “कालो दिन” को रुपमा स्मरण गर्दै आ–आफ्नो घरमा कालो झण्डा राखौं र साँझ ७ः०० बजेदेखि ७ः१० सम्म (बत्ती निभाएर) ब्लाक आउट गरौं । साथै, सयौं मधेसी, पिछडावर्गको लाशमाथि जारी गरिएको संविधानलाई टेकेर सत्ताको भ¥याङ चढ्ने र सहकार्य गर्ने दल एवं व्यक्तिको बहिष्कार गरौं, भण्डाफोर गरौं ।

विरोध कार्यक्रमः

१. २०७७ असोज ३ गते आ–आफ्नो घरमा कालो झण्डा राखी संविधानको विरोध गरौं।

२. २०७७ असोज ३ गते साँझ ७ः०० बजेदेखि ७ः१० सम्म (आ–आफ्नो घरको बत्ती
निभाएर) ब्लाक आउट गरौं।

३. २०७७ असोज ३ गते दिनको ३ः०० बजेदेखि ५ः०० बजेसम्म हुने “संविधान संशोधनको औचित्य र आवश्यकता” विषयक वेमिनारमा सहभागी बनौं।

जय समाज

(कौशल कुमार सिंह)

अध्यक्ष

 

प्रतिक्रिया