मंगलबार, कार्तिक ११ २०७७
काठमाडौं १९:००
वासिङटन डिसी 09:15

भर्जिनियाको फेयरफ्याक्समा एकाबिहानै गोली हानी महिलाको हत्या

इनेप्लिज २०७७ असोज २ गते १:४३ मा प्रकाशित

भर्जिनियाको फेयरफ्याक्समा एकाबिहानै गोली हानी महिलाको हत्या भएको छ । बिहिबार सेप्टेम्बर १७ का दिन उक्त घटना घटेको हो ।

७ बजे भन्दा अगाडी उक्त महिला फेयरफ्याक्सको कोल्ट्स नेक रोड (सडक) र ग्लेड ड्राईभ(मार्ग )क्षेत्रमा कसैले प्रहरीलाई खबर गरे पछि प्रहरी त्यहाँ पुग्दा महिला भुईमा लडिरहेकी थिइन् ।

उक्त महिलालाई गोलीको कारण ठूलो चोट पटक लागेको थियो भने उनलाई त्यही मृत घोषित गरिएको थियो । हाल उनको शवको परीक्षणको लागि शव परीक्षण केन्द्रमा लगिएको छ ।

अनुसन्धानकर्ताले उनको पहिचान निश्चित नगरुन्जेल प्रहरीले नाम प्रकाशित गर्ने भएको छैन । फेयरफ्याक्स काउन्टीमा यो समेत १७ औ हत्या भएको छ ।

श्रोत : डब्लुटिओपी

प्रतिक्रिया