भारतमा एकैदिनमा ९० हजार कोरोनाबाट संक्रमित,१ हजार २ सयको मृत्यु

इनेप्लिज २०७७ भदौ ३१ गते ११:११ मा प्रकाशित

भारतमा एकैदिनमा ९० हजार कोरोना भाइरसबाट संक्रमित भएका छन । भारतमा बुधबार सम्मको तथ्यांक अनुसार ५० लाख मानिस संक्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बिगत २४ घण्टामा ९० हजार १ सय २३ जना संक्रमित भएका छन् । ११ दिनमा १० लाख मानिस संक्रमित हुन् पुगेका छन । एकैदिनमा १ हजार २ सय ९० जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

हाल सम्म ८२ हजार ६६ जना को निधन भै सकेको छ ।

श्रोत :सिएनएन

प्रतिक्रिया