आइतबार, असोज ११ २०७७
काठमाडौं २३:०३
वासिङटन डिसी 13:18

पन्तलाई पुरस्कार गौतमलाई अभिनन्दिन

इनेप्लिज २०७७ भदौ ३१ गते १:४३ मा प्रकाशित

समाचार दाता,

यस वर्षको “राजमित्र स्मृति पुरस्कार” साहित्यकार महेश्वर पन्तलाई प्रदान गर्ने निर्णय भएको छ।संस्थाका अध्यक्ष हरिप्रसाद काफ्ले”शैव” ,कवि लाल गोपाल सुवेदी र गत वर्ष पुरस्कृत कवि दीपा राई पुन रहेको निर्णायक समितिले उक्त निर्णय गरेको हो।

यसैगरि मुर्चुंगा एवं सारंगी वादक सुशील गौतमलाई अभिनन्दिन गर्ने भएको छ ।

साहित्यकार सुशील नेपाल र ईश्वरी नेपालद्वारा स्थापित राजमित्र स्मृति प्रतिष्ठानले म्यासाचुसेट्स राज्यमा बसोबास गरेर नेपाली भाषा साहित्यको सेवामा निरन्तर सक्रिय रहनेलाई बिगत पाँच वर्षदेखि नगद र प्रमाणपत्र द्वारा सम्मान गर्ने गरेको छ।उक्त पुरस्कार बाट साहित्यकार भारती गौतम, दीनेश राज भण्डारी , गोवर्ध्द पूजा , लाल गोपाल सुवेदी र दीपा राई पुन सम्मानित भइसकेका छन् भने लोक गायक मीन केसी र सारंगी वादक श्याम नेपालीलाई अभिनिन्द भइसकेका छन् ।

कोरोनाको विषम परिस्थितिको कारण यस वर्षको कार्यक्रम २० तारिख आइतवार १० बजे बिहान ज़ूम भर्चुयलबाट गरिनेछ ।संस्थाले बोष्टन बाहिर तर उत्तर अमेरिका भित्र रहेर नेपाली भाषा साहित्यको सेवा गर्ने नेपाली साहित्यकार लाई पनि सम्मान गर्ने निर्णय गरेको थियो तर यस वर्ष कोरोनाको कारणले गर्दा अर्को वर्षदेखि गरिने भएको छ।

यस वर्ष सम्मानित हुने साहित्यकार महेश्वर पन्त एन्आर र्एन्ए भाषा साहित्य तथा संस्कृति सम्पदा संरक्षणका सदस्य हुनु भने उनका गीति एल्वम् लगायत फुर्लुंग ( उपन्यास) नवोल्नेहरू ( कथा संग्रह) र मुन्द्री ( कथा संग्रह) प्रकाशित छन्।

साहित्यकार सुशील नेपालका प्रात स्मरणीय माता पिताको स्मरणमा स्थापित यस संस्थाले विगत पाँच वर्षदेखि आज सम्मका कार्यक्रमहरु लाई समेटेर स्मारिका छिटै प्रकाशन गर्न लागेको अनेसास बोस्टन च्याप्टरका अध्यक्ष यम पौडेलले बताएका छन् ।

प्रतिक्रिया