आइतबार, असोज ११ २०७७
काठमाडौं २१:०९
वासिङटन डिसी 11:24

मेरिल्याण्डमा बिहानै हिड्दै गरेकी ८० बर्षीय बृद्ध महिलालाई छुरा प्रहार गर्ने २० बर्ष युवा पक्राउ

इनेप्लिज २०७७ भदौ ३० गते १०:५८ मा प्रकाशित

मेरिल्याण्डमा ८० बर्षीय बृद्ध महिलालाई छुरा प्रहार गर्ने २० बर्ष युवालाई पक्राउ गरिएको छ । मेरिल्याण्ड राज्यको कोलम्बियामा बिहानै हिडडुल गर्दा गत हप्ता संदिग्ध युवाले आक्रमण गरेका थिए ।

हावर्ड काउन्टीका प्रहरी अनुसार २० बर्षिय ट्राक्वान मलिक वालर नामका युवा जसको स्थायी घर ठेगाना नै नभएको जनाएका छन । गत सेप्टेम्बर ९ मा उनले आक्रमण गरेको कारण उनलाई हत्याको प्रयास,आक्रमण लगायतको आरोप लगाईएको छ ।

उक्त महिला प्रभातकालिन टहलमा हिड्दै गर्दा पछाडीबाट आएर चक्कु हानेका थिए । उनलाई गत सोमबार सेप्टेम्बर १४ का दिन पक्राउ गरिएको थियो । उक्त छुरा प्रहार गर्ने व्यक्तिले उनले लगाएको लुगाबाट पहिचान भएको र पक्राउ गरिएको प्रहरीले बताएका छन् ।

हावर्ड काउन्टी प्रहरीका अनुसार कोलम्बियाको ओवेन क्षेत्र क्राडलरक मार्गको बिहान ६:३५ बजे उक्त महिला माथि आक्रमण भए पछि प्रहरीहरु त्यहाँ पुगेका थिए । बृद्ध महिलालाई उ मेरिल्याण्ड बिश्वबिद्यालयको आघात(ट्रमा)केन्द्रमा भर्ना गरिएको थियो।

श्रोत :डब्लुटिओपी

प्रतिक्रिया