आइतबार, असोज ११ २०७७
काठमाडौं २३:४९
वासिङटन डिसी 14:04

अमेरिकामा एकैदिनमा कोरोनाबाट ३३ हजार संक्रमित,४१८ जनाको मृत्यु

इनेप्लिज २०७७ भदौ ३० गते १०:३९ मा प्रकाशित

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३३ हजार ८ सय २६ पुगेको छ । जोन्स हप्किन्स बिश्वबिद्यालयका अनुसार कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ४ सय १८ पुगेको जनाएको छ । उक्त तथ्याँक गत आइतबार सेप्टेम्बर १४ का दिन २४ घन्टामा लिइएको हो ।

गत आइतबार कोभिड-१९ संक्रमित हुनेको संख्या ३४ हजार ४ सय ५० पुगेको थियो भने मृत्यु हुनेको संख्या ३ सय ७८ तथ्यांकले देखाएको थियो । गत सोमबार संक्रमितको संख्यामा करिव १ हजार कमि भएको छ मृत्यु संख्या करिव १ सय वृद्धि भएको छ ।

हाल सम्म १ लाख ९८ हजार १ सय ४१ को कोभिड-१९ बाट मृत्यु र ६६ लाख ५९ हजार संक्रमित भएका छन् । अहिले सम्म २७ लाख १६ हजार निको भै सकेका छन् । स्वास्थ्य समूहका अनुसार अमेरिका करिव ५ लाख ५० हजार बालबालिका कोभिड-१९ बाट संक्रमित भएको जनाएका छन् ।

श्रोत :जोन्स हप्किन्स बिश्व बिद्यालय/सिएनएन

प्रतिक्रिया