आइतबार, असोज ११ २०७७
काठमाडौं २२:०५
वासिङटन डिसी 12:20

टेनेसीमा भएको गोलीकाण्ड २ मारिए ,३ जना घाइते

इनेप्लिज २०७७ भदौ ३० गते १:१८ मा प्रकाशित

टेनेसीमा भएको गोलीकाण्ड २ जना मारिएका छन् भने ३ जना घाइते भएका छन । बन्दुकधारी एक व्यक्तिले सवारी साधन चोरी गरि भाग्दा प्रहरीले पछ्याउने क्रममा सवारी साधन बेतोडसंग कुदाउदा उक्त गाडी दुर्घटना भएको थियो ।

बन्दुकधारीले चोरी गरेको गाडी दुर्घटना भै ध्वस्त हुँदा उनि पनि मारिएको जानकारी टेनेसी प्रहरी अनुसन्धान बिभागले जनाएको छ ।

गत आइतबार सेप्टेम्बर १३ का दिन बिहान अन्तरराज्य २४ राजमार्गमा बीचग्रुभ नजिक डानगेलो डोर्सेले हिडी रहेको गाडीमा गोली हानेका थिए । जसको कारण एक जना मारिए र अर्का घाइते भएका थिए ।

डोर्सेले सवारी साधन चोरी गरि एक महिला र एक पुरुषलाई जबर्जस्ती आफ्नो घर पुर्याउन भनेका थिए । केही समय पछि डोर्सले मानिसलाई गोली हानी अन्तरराज्य २४ नजिक म्यानचेस्टर उनको शरीरलाई बाहिर फ्याके तर महिला भित्रै सवारी साधनमा राखी गाडी कुदाए।

बन्धक बनाइएकी महिला सहित उनले सवारी साधनको गतिलाई १०० माइल्स प्रति घण्टामा कुदाए । र अन्तत्वगत्व गाडी दुर्घटना भयो र पल्टियो । गाडी दुर्घटनामा बन्दुकधारी आफै मारिए तर बन्धक बनाईएकी महिला सुरक्षित रुपमा प्रहरीले पाए ।

प्रहरीले यो घटनाको जाँच गरि रहेको छ भने सोमबार प्रहरीले २८ बर्षिय डारसे जोन्सन र २३ बर्षिय फिलिप स्टेभेन मारिएको सार्वजनिक गरेका छन । प्रहरीका अनुसार जोन्सनलाई अन्तरराज्य २४ मै गोली हानी मारिएको र स्टेभेनलाई अपहरण गरि बन्धक बनाई सके पछि हत्या गरेको बिभागले जनाएको छ ।

श्रोत :एबिसी न्युज

प्रतिक्रिया