मलमासको समयमा दम्पतीहरु किन छुटिएर बस्नु पर्छ ?

इनेप्लिज २०७७ भदौ २९ गते ११:०८ मा प्रकाशित

आउदो असोज २ गतेदेखि मलमास सुरु हुँदै छ । एक महिनासम्मको समय लाई अधिक मास भनिन्छ ।अधिकमास अर्थात मलमासको बेला विवाहित जोडीहरु सँगै बस्न हुँदैन भन्ने मान्यता भएकाले नयाँ दुलहीहरु माइत जान्छन्।आखिर मलमास के हो त ? यसलाई अन्य महिनाहरुभन्दा किन फरक तरिकाले हेरिन्छ ?अधिक मास किन पर्छ त ?

अधिक मासलाई मलमास,पुरुषोत्तम महिना जस्ता नामहरुले पनि बुझिन्छ।हिन्दु धर्म ग्रन्थहरुका अनुसार यो १ महिनाको समयमा कुनै पनि धार्मिक कार्यहरु गर्न नहुने मान्यता रहेको छ।त्यसकारण मलमासको बेला नयाँ घर सर्ने, जग राख्ने, विवाह, व्रत बन्ध, जस्ता शुभकार्यहरु हुँदैनन्।ज्योतिष शास्त्रमा पनि यस समयमा विशेष धार्मिक कार्यहरुलाई निषेध नै गरिएको छ।यो बेला गर्भ रहन गयो भने बच्चा स्वस्थ्य जन्मीदैन भन्ने बिश्वास भएकाले मलमासको बेला शारिरिक सम्पर्क गर्न समेत बन्देज गरिएको छ।नव दम्वतीहरु त्यसकारणले पनि यो बेला माइृत जाने वा छुटिएर बस्ने गरेको पाईन्छ।के हो अधिक मास वा मलमास । ज्यो. प. पुण्य प्रसाद पौडेल संग गरिएके कुराकानी हेर्नुहोस् ।

प्रतिक्रिया