आइतबार, असोज ११ २०७७
काठमाडौं २३:३८
वासिङटन डिसी 13:53

हरेक नेपालीको थाप्लोमा ४५ हजार बढी ऋण, कुलमानको कार्यकाल सकियो पुन नियुक्ती के हुन्छ ? हेर्नुहोस भदौ २९ गतेका मुख्य समाचारहरु

इनेप्लिज २०७७ भदौ २९ गते ०:२२ मा प्रकाशित

नेपाल सरकारको सार्वजनिक ऋण १३ खर्ब ७२ अर्ब रुपैयाँ नाघेको छ ।चालु आर्थिक वर्षको साउन महिनासम्म सरकारको ऋण १३ खर्ब ७२ अर्ब ५९ करोड रहेको अर्थ मन्त्रालयले जनाएको छ।

यसमध्ये आन्तरिक ऋण ६ खर्ब १३ अर्ब २१ करोड रुपैयाँ रहेको छ भने सात खर्ब ५९ अर्ब ३८ करोड रुपैयाँ बाह्य ऋण रहेको छ । कुल ऋणलाई नेपालको अहिलेको जनसङ्ख्या तीन करोड ८२ हजार आठ सयले भाग गर्दा हरेक नेपालीको थाप्लोमा ४५ हजार ६ सय २७ रुपैयाँ ऋण पर्न आउँछ ।

असार मसान्तसम्म नेपालको सार्वजनिक ऋण १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ थियो । त्यो बेला हिसाब गर्दा हरेक नेपालीको थाप्लोमा ४३ हजार सात सय रुपैयाँ ऋण रहेको थियो । यो संगै आजका मुख्य समाचार तलको भिडियोमा हेर्नुहोस

 

प्रतिक्रिया