आइतबार, असोज ११ २०७७
काठमाडौं २३:००
वासिङटन डिसी 13:15

भर्जिनिया आर्लिंगटनमा बाल अश्लिल भिडियो (अङ्कीयदृश्य) बनाउने मानिस पक्राउ

इनेप्लिज २०७७ भदौ २८ गते १२:२८ मा प्रकाशित

अमेरिकाको भर्जिनिया राज्यको आर्लिंगटन शहरमा बसोबास गर्दै आएका बाल अश्लिल भिडियो (अङ्कीयदृश्य) बनाउने एक मानिसलाई पक्राउ गरिएको छ । उनलाई दुईवटा आरोप लगाईएको छ ।

आर्लिंगटन काउन्टी प्रहरीका अनुसार २५ बर्षिय लुइस हर्नानडेज ओरोजलाई अनुसन्धान गिरफ्तारी जारी गरे पछि उनको घरमा विभिन्न सामग्री प्राप्त भएका जनाएका छन् ।

घरमा अनुसन्धान र खोज गर्दा थुप्रै सङ्कलित अश्लिल भिडियो (अङ्कीयदृश्य) फेला पारेका थिए । उनलाई आर्लिंगटन काउन्टी कारागारमा राखिएता पनि उनले साङ्गणिक (अनलाइन)मा गरेका क्रियाकलापको निरन्तर अनुसन्धान भै रहेको छ ।

श्रोत :डब्लुटिओपी

प्रतिक्रिया