आइतबार, असोज ११ २०७७
काठमाडौं २२:०९
वासिङटन डिसी 12:24

शिकागोमा चिट्ठीपत्र बितरण गर्दै गर्दा हुलाकमा कार्यरत एक महिला कर्मचारीमाथि कैयौ पटक गोली प्रहार

सूचना दिनेलाई ५० हजार डलर इनाम

इनेप्लिज २०७७ भदौ २७ गते १८:३१ मा प्रकाशित

 

शिकागोमा चिट्ठीपत्र बितरण गर्दै गर्दा हुलाकमा कार्यरत एक महिला कर्मचारीमाथि कैयौ पटक गोली प्रहार गरिएको छ । उनि गम्भीर रुपले घाइते भएकी छिन भने उनलाई अस्पताल भर्ना गरिएको छ ।

उनलाई बहु गोली प्रहार गरे पछि युएसपोस्टल सर्भिस(अमेरिकी हुलाक)ले सूचना दिनेलाई ५० हजार डलर ईनाम दिने तोकेको छ । २४ बर्षिय महिलालाई सेवा गर्दा गर्दै बिहिबार दिउसो गोली हानिएको थियो ।

शिकागो प्रहरी विभागका अनुसार उक्त घटना शिकागोको दक्षिण क्षेत्रमा भएको हो । प्रहरीका अनुसार उनलाई लक्षित गरिएको हैन भनेका छन् ।

उनलाई दुवै खुट्टामा,पछाडी नितम्ब क्षेत्र,पेट र टाउको को पछाडी गोली हानिएको प्रहरीले छापा बिज्ञप्तिमा जनाइएको छ । उनलाई आक्रमण पछि युनिभर्सिटी अफ शिकागो हस्पिटल(शिकागो बिश्वबिद्यालय अस्पताल)मा भर्ना गरिएको छ भने उनको हालत गम्भीर रहेको उक्त बिज्ञप्तिमा जनाइएको छ ।

हाल सम्म कुनै संदिग्धलाई पक्राउ गर्न नसकिएको जनाएका छन । “हुलाकी अनुसन्धानमा हुलाक निरीक्षकहरू चौबीसै घण्टा काम गरिरहेका छन्,” युएसपीआईएस शिकागो बिभागले सामाजिक संजाल ट्वीटमा प्रकाशन गरेका छन ।

श्रोत :सिएनएन

प्रतिक्रिया