नेकाका नेता कमल शाहले गरे स्वयंसेवि र एम्बुलेन्स चालकको २ करोड ४५ लाखको कोरोना जोखिम विमा

वीरेन्द्र रावल २०७७ भदौ २७ गते १५:५३ मा प्रकाशित

वीरेन्द्र रावल,

धनगढी ,भदौ २७÷ कोरोना कहरका बेलामा सबै भन्दा असुरक्षित र राज्यको उपेक्षामा परेका स्वयंसेविका र एम्बुलेन्स चालकका लागि कैलाली स्थित नेपाली काँग्रेसका युवा नेता कमल शाहले गुनकारी कार्य गर्नु भएको छ।नेपाली कांग्रेसका नेता तथा महासमिति सदस्य कमलबहादुर शाहले लम्कीमा पत्रकार सम्मेलन गदै कैलाली क्षेत्र नम्बर २ अन्तरगतका २ सय ४५ जनाको कोरोना जोखिम विमा अभिलेख हस्तान्तरण गर्नु भएको छ।

नेपाली कांग्रेसका नेता कमल बहादुर शाहको संयोजन तथा यस क्षेत्रका नागरीक संगको सहकार्यमा विश्व महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड १९ को प्रकोपमा अग्रपङतीमा खटिएर काम गरी रहेका दुई नम्बर क्षेत्रका २८ जना एम्बुलेन्स चालक र कैलाली निर्बाचन क्षेत्र नम्बर २ अन्तरगतका २ सय १७ जना महिला स्वास्थ्य स्वंयम सेविकाहरुको प्रति ब्यक्ति १ लाख बराबरको उपचार खर्च पाउने गरी २ करोड ४५ लाख बराबरको जोखिम बिमा गरिएको थियो।

दुईनम्बर क्षेत्रका कसै महिला स्वास्थ्य स्वंयम सेविका तथा बिमा गरेका एम्बुलेन्स चालकलाई कोरोना संक्रमण भए बिमा कम्पनी बाट उपचार खर्च वाफत एक लाख पाउने छन । यस महामारीको बेलामा विश्व नै आक्रान्त भईरहेको समयमा नागरीकलाई थोरै भएपनी सेवागर्न सकिन्छ कि भनेर नेपाली काग्रेसको सक्रियतामा क्षेत्र नम्बर २ अन्तरगतका बिभिन्न स्वास्थ्य संस्था, सुरक्षाकर्मि, स्वास्थ्यकर्मि लगायतकालाई गरी केनाईन्टी फाईब मास्क १ हजार ४ सय ४२ पिस, पि.पि.ई सेट १ सय २२, हातधुने साबुन ३ सय ३ पिस, सर्जिकल ९ हजार ४ सय ५० थान बितरण गरेको नेपाली कांग्रेसका युवा नेता तथा महासमिति सदस्य कमल बहादुर शाहले जानकारी दिनु भयो।

कार्यक्रममा नेता शाहले जानकी गाउँपालिका अध्यक्ष प्रदिप कुमार चौधरी, बर्दगोरीया गाउँपालिकाका बलिराम थारु, लम्की चुहा वडा नम्बर ३ का वडा अध्यक्ष भक्तबहादुर चलाउने, वडा नम्बर ७ का वडा अध्यक्ष हरीराम चौधरी,वडा नम्बर ९ का अध्यक्ष राम बहादुर चौधरी, वडा नम्बर १० का वडा अध्यक्ष हर्क कठरीया र जानकी गाउँपालिका वडा नम्बर ५ का वडा अध्यक्ष भिमबहादुर थारुलाई सम्बन्धीत वडा तथा स्थानिय पालिकाका महिला स्वास्थ्य स्वंयमसेविका र एम्बुलेन्स चालकहरुको विमा अभिलेख एम्बुलेन्स संघका केन्द्रीय सदस्य इन्द्र बहादुर शाहीलाई हस्तान्तरण गर्नु भएको हो।

कार्यक्रममा नेता शाहले कोरोना संक्रमणका कारण देशमा संक्रमित र संक्रमितहरुको मृत्युदरमा समेत बृद्धि भएको कारण सबै सजग र संबेदनशिल बन्न आग्रह गर्नु भएको थियो।

यस महामारीको समयमा दुई नम्बर क्षेत्रका नेपाली कांग्रेसमा आबद्ध नेता कार्यक्रताहरुलाई पिडित समुदायको सहयोगको लागि सक्रिय भएर लाग्न समेत आग्रह गर्नु भयो।

यसैगरि लम्कीचुहा नगरपालिका वडा न ३ का वडा अध्यक्ष भक्त बहादुर चलाउनेले जोखिम बिमा गरि दिएकोमा नेपाली कांग्रेसलाई धन्यवाद दिनु भएको छ।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया