हामी बालबालिका हौँ देशका कर्णधार
हामी बालबालिका स्कुलमा पढ्ने
हामी विद्यार्थी नयाँ कुरा सिक्ने
हामी गुरुका असल शिष्य
हामी देशका उज्ज्वल भविष्य्
हामी आमा बुवाका आज्ञाकारी सन्तान
गर्नु पर्छ हामीले ठूलाका सम्मान
असल मान्छे बन्ने हो हाम्रो लक्ष्य
देशको विकास गर्ने हो हाम्रो कर्तव्य
देशमा शान्ति हामी ल्याउने छौँ
देशको हित होस् भन्ने कर्म गर्नेछौँ
अन्तराष्ट्रिय तहमा देशको नाम चिनाउने छौँ
देशलाई साक्षर एवम् बलियो बनाउने छौँ
पर्यटनहरुका लागि हाम्रो देश हो प्रसिद्ध
बनाउने छौँ हाम्रो देशलाई विकसित र समृद्ध
हामीमा नै छ देशको भार
हामी बालबालिका हौँ देशका कर्णधार
नामः सिद्यान्त यादव
कक्षाः ६
बूढानीलकण्ठ स्कूल, नारायणस्थान, काठमाडौँ, नेपाल।
प्रतिक्रिया