सुन प्रिय

बिकास थापा २०७७ भदौ २६ गते २२:४६ मा प्रकाशित

त्यो मन्द मुस्कान
तिम्रै पछ्यौरीको ॲाचल चुमी आएर
किन हो किन अचेल
बज्रन्छ मेरै छातीमाथि
बदलामा
उत्तेजित हुन्छन् मेरा यौवनका ज्वारभाटा

अझै अस्पष्ट लाग्छन्
तिम्रै नयनका भाका
उस्तै आक्रोसित देख्छु
समयको गन्थन गाई हिॅड्ने गीत
बेसुर छन्
जीवनको आफ्नै लय र ताल
उस्तै बेसरम छ
आफ्नै जीवनको विरासत

कति विचलित हुन्छ हॅ
डिलसम्मै पुगेर पनि
झर्न नसकेको ॲासु
ओठसम्मै पुगेर पनि
फुत्कन नसकेको हाॅसो

कस्ता हुन्छन्
ह्रदय फुट्दा पनि
छुट्न नसकेका हिक्काहरू ?
उस्तै हुन्छन् सुन
चिरिॅदा पैताला ठाउॅठाउॅमा
बिर्सन नसकिने कयौॅ कर्तव्य

हिजोझै किन
गिज्याइरहन्छ समयको चेत
धूमिल छन् अचेल प्रेमका वार्तालाप

यो युग किन जगाउॅछ
अझै पनि
आफ्नै दु:खहरूको धूनी
तापिदिन्छ पीडाहरूकै राप
उस्तै जर्जर र धर्मभीरू छ
फूल चुॅडेर ढुङ्गा पुज्ने समय

विडम्बना !
उनीहरूलाई मन पर्दैन सयपत्री
उस्तै हो अरे फूलको क्यानभास पनि
किन हो कुन्नि
मुसारिरहेको देख्छु ह्रदयमा कर्द

कठिन छ भन्न अझै कठिन
मुस्कानको तराजुले तौलने गुलाबी ओठ
उस्तै रहस्यमय छन् अझै
ओठमा फक्रिएको लालिमायुक्त बैस
र, भारी भएको जवानीको बेहोस पल्ला

अव त सुन प्रिय !
म पनि फर्कन्छु आफ्नै विगत
जसरी फर्कन्छ
आफ्नै भावुक स्मृतिको संग्रहालयतिर समय
जसरी पछ्याउॅछ दिनहुॅ
जुनेली रातले पहिलो खुसी ।

बिकास थापा ,पेन्सलभेनिया,अमेरिका

प्रतिक्रिया