सम्झना बनि बल्झिरह्यो’

रजनी मल्ल न्यु जर्शी, अमेरिका २०७७ भदौ २६ गते २०:५७ मा प्रकाशित

आज ‘सेप्टेम्बर ११’ को दिन हरेक बर्ष झैँ
आउँछ फेरि उनाइस बर्ष अघिको पुरानो

मुटु दुख्ने याद ताजा बनेर

टि भी खोलेर हेर्छु, देख्छु शुन्यता भित्र हराएका

आफन्तका ति रशिला आँखाहरु

अनि सुन्छु त्यो कहाली लाग्दो दिनमा

ज्यान गुमाएका हरुलाई चिनाउने नामहरु

अनि देख्छु न्यु योर्क शहरको पहिचानको रुपमा

गर्बका साथ उभिएका ति दुइ आकाश छुने

बिल्डिंगको सम्झना स्वरुप खडा गरिएको,

अर्को बिल्डिंगको साथमा स्रिजिएको,

हजारौ मानिसको समाधिमा बनेको,

शान्त बातावरण भित्र संगीत छर्दै

अविरल बगिरहेको त्यो झरना सहितको पोखरीलाई

अनि त्यसका वरिपरि लेखिएका सम्झनाका नामहरुलाई

अनि वरिपरि आत्माको शान्तिको लागी चढाईएका फूलका गुच्छाहरुलाई

वरिपरिको शान्त बातावरण रोइरहेको छ

निलो आकाश टोलाएर हेरिरहेको छ

जतिसुकै समय बित्दै जावोस्

तर सम्झना भने सधै ताजा हुदो रहेछ

कति सुन्दर बिहानी थियो त्यो दिन

सबै आ आफ्नो कामतिर लम्किरहेका

अनि विद्यार्थीहरु रमाउदै स्कुल तिर बढिरहेका

अचानक गरिएको त्यो टेरिरिस्ट आक्रमणले

सबैलाई स्तब्द बनाइदियो

अनि भत्किएको त्यो बिल्डिंगको आवाज भित्र

जिउदै जलिरहेका कतिपयका पीडादायक चित्कार दबिरह्यो

कतिपय आगोको राप सहन नसकी माथिबाट हाम्फालियो

कतिपयले ज्यान बाजी राखी अरुलाई बचाउन खोजियो

जताततै चारैतिर फैलिएको त्यो बिखालु धुवा भित्र

कतिपयलाई टुहुरा टुहुरी बनाइदियो

कतिपयका जिबन साथीलाई जिबनको बीच बाटो मै छुटाइदियो

कतिपयका आमा बाबाका काख रित्तो बनाइदियो

अनि आज फेरि त्यो पीडादायक दिन सम्झना बनि बल्झिरह्यो।

 

रजनी मल्ल
न्यु जर्शी, अमेरिका

प्रतिक्रिया