आइतबार, असोज ११ २०७७
काठमाडौं २२:००
वासिङटन डिसी 12:15

पत्रकारलाई धम्काउने चितवनका सिडियोको अभिव्यक्ति प्रति प्रेस युनियनको गम्भिर ध्यानाकर्षण

इनेप्लिज २०७७ भदौ २३ गते २१:२४ मा प्रकाशित

चितवन।चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईको अभिव्यक्ति प्रति नेपाल प्रेस युनियन चितवनलेआफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।युनियनले अहिलेको समयमा कृषकले मल नपाएको र मलको कालोवजारी भईरहेको विषयमा समाचार लेख्ने पत्रकारलाई प्रमुख जिल्ला अधिकारीले धम्काएको भन्दै सो घटनाप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको जनाएको हो।

रत्ननगरको निर्मल वहुउद्देश्यिय सहकारी सस्थाले अनुदानको मल महंगोमा बिक्रि गरेको विषयमा बुझ्न टेलिफोन सम्पर्क गर्दा चितवनका प्रजिअ भट्टराईले न्यूज २४ को जिल्ला संवाददाता केदार शर्मालाई धम्किपूर्ण अभिव्यक्ति दिए । युनियनका अध्यक्ष अनिल ढकालद्धारा जारी बिज्ञप्तिमा भनिएको छ “पूर्वी चितवनको रत्ननगरमा रहेको निर्मल वहुउद्देश्यिय सहकारीले अनुदानको मल महंगोमा बिक्रि गरेको विषयमा बुझ्न खोज्दा चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले न्यूज २४ को जिल्ला संवाददाता केदार शर्मामाथि धम्काएको घटना प्रति युनियनको गम्भिर ध्यानाकर्षण भएको छ । सोही विषयमा जानकारी लिन खोज्दा प्रेस संगठन नेपालका केन्द्रिय सदस्य, रेडियो नेपालका सम्बाददाता एबं कालिका दैनिक अनलाईनका प्रधान सम्पादक शिशिर सिम्खडालाई तपाईंलाई पनि आरोप लागेको छ भन्दै मल ब्यापारीको पक्षमै प्रमुख जिल्ला अधिकारी भट्टराई लागेकोमा हामी निन्दा गर्दछौ ।”

सो सहकारीको नेतृत्व गरिरहेका र यस अघि पनि मल कालोवजारी गरेको अभियोगमा मुद्दा खेपेका रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मीको पक्षमा लिएर प्रमुख जिल्ला अधिकारीले समाचार लेख्ने पत्रकारलाई धम्काउने कार्य निन्दनीय भएको युनियनले ठहर गरेको छ । ढकालद्धारा जारी बिज्ञप्तिमा भनिएको छ “जिल्लामा मलको कालोवजारी नियन्त्रण गर्न नसकेको स्थानीय प्रशासन पत्रकारमाथि खनिनुलाई आम जिल्लाबासिले शंकाको रुपमा हेरेका छन् । यस विषयमा सत्य तथ्य पत्ता लगाई सम्बन्धित दोशीलाई कारवाही गर्न सरकार संग जोडदार माग गर्दछौ ।”

किसानले मल नपाएर हाहाकार भएको समयमा भएको कालोबजारी गरेको कुरा बाहिर आएपछि त्यस विषयमा समाचार लेख्न खोज्ने पत्रकारमाथि प्रशासनले गरेको व्यवहार आपत्तिजनक भएको युनियनको ठम्याई छ । “तपाईहरु माथि आरोप छ, भनी घटनालाई वेवास्ता गरी पत्रकारमाथि खनिनु दुःखद् विषय हो ” बिज्ञप्तिमा भनिएको छ।

युनियनले पटक पटक कालोवजारीको आरोप लाथ्दै आएका रेग्मी माथि छानविन गर्नु र समाचार लेख्ने पत्रकारलाई धम्काउने कार्य निन्दनीय रहेको जनाएको छ । यसले प्रशासन माथि प्रश्न उठेको ढकालले बताए । बिज्ञप्तिमा दोषीलाई कारबाहीको सट्टा उन्मुक्ति दिने आशयले पत्रकार प्रतिनै आक्रोशित हुँदै दिएको प्रतिक्रियाले स्वतन्त्र पत्रकारिताको अबमुल्यन भएको बुझाई युनियनले गरेको छ। नागरिकको सूचना पाउने अधिकारका लागि निर्वाध रुपमा लाग्न पत्रकारहरुलाई युनियनले आग्रह गरेको छ । साथै स्वतन्त्र पत्रकारिताको लागि पत्रकारको सुरक्षा सहित सहज वातावरण बनाउन प्रशासनसँग माग समेत गरेको छ।

प्रतिक्रिया