आइतबार, असोज ११ २०७७
काठमाडौं २१:१४
वासिङटन डिसी 11:29

टेनिसका विश्वकै शीर्ष खेलाडी नोभाक जोकोभिकले निर्णायकलाई बलले हान्दा युएस ओपनबाट बाहिरिए

इनेप्लिज २०७७ भदौ २२ गते ०:२१ मा प्रकाशित

टेनिसका विश्वकै शीर्ष खेलाडी नोभाक जोकोभिकले निर्णायकलाई बल(गोला)ले हान्दा युएस खुला प्रतियोगिताबाट बाहिरिएका छन । उनले पंक्तिबद्ध (लाइन)मा रहेका निर्णायकलाई बल (गोला) हान्दा उनि बाहिरिनु परेको हो ।

विश्व क्रम संख्या १ का टेनिस खेलाडी जोकोभिकले संयोगवश निर्णायकलाई घाँटीमा हिर्काएका थिए । उनले खेलको सुरुमा अङ्कमा हार खाएका थिए । उक्त निर्णायकलाई गोला लागे पछि उनि नजिक पुगेका थिए । उनले पछाडी गोला फ्याक्दा निर्णायकलाई झुक्किएर लागेको हो ।

टेनिस खेलमा कसैले अर्कालाई हिर्काए भने स्वत रुपमा अयोग्य हुने र खेल मैदानबाट बाहिर जानु पर्ने हुन्छ । उनि बाहिरिए पछि टेनिस खेलका २० औ वरियताका पाब्लो क्यारेनो बुस्टा क्वाटर फाइनलमा पुगेका छन । पहिलो खेलमा ६-५ भएको थियो ।

नोभाक जोकोभिकले बिगतमा पनि यस्ता हर्कत गरेको ईतिहास छ । बिगतमा जोकोभिक र उनकी पत्नी दुवै कोरोनाबाट संक्रमित भएका थिए । उनले माफी मागेका छन ।

श्रोत :याहुन्युज डटकम/सिएनएन/

प्रतिक्रिया