क्यानडामा बन्दुकधारीले ४ जना नातेदारलाई हत्या गरे पछि स्वयमलाई गोली हाने 

इनेप्लिज २०७७ भदौ २० गते १६:३७ मा प्रकाशित

क्यानडाको ओन्टारियोमा एक बन्दुकधारीले गत शुक्रबार बिहान ४ जना आफ्ना नातेदारलाई हत्या गरे पछि स्वयमलाई गोली हानी आफै मारिएका छन ।

क्यानडाका प्रहरी अधिकारीहरुले उक्त घटना टोरोन्टोको पूर्वमा भएको जनाएका छन । प्रहरीका अनुसार ४८ बर्षिय मानिटोबा विनिपेगका माइकल लापा गोलीकाण्डका एक मात्र गोली चलाउने व्यक्ति थिए । जुन ठाउँमा उक्त घटना भयो उक्त  ओशावाका निवासीका उनि नातेदार थिए ।

उनले आफैले चलाएको बन्दुकद्वारा उनको मृत्यु भएको प्रहरीले जनाएका छन । बन्दुकधारीले उक्त घरमा मालबाहक सवारी साधन(पिक अप गाडी) ल्याएर रोकेका थिए । उक्त सवारी साधनको दर्ता मानिटोबाको लापाको नाममा दर्ता भएको र छिमेकीले उक्त गाडी पहिले कहिले नदेखेको प्रहरीलाई बताएका थिए ।

उक्त घटना बिहान १:२० मा भए पछि प्रहरीलाई धेरैले खबर गरेका थिए । छिमेकीले बन्दुकको आवाज सुनेका थिए । प्रहरी जर्ज टुडोसका अनुसार ४ जना पुरुष र १ जना महिलाको ज्यान गएको बताए ।

जसमा १८ बर्ष मुनीका २ जना युवाहरु थिए । प्रहरीले ५० बर्षिय महिलालाई घाइते अवस्थामा फेला पारेका थिए । उनलाई अस्पताल गम्भीर अवस्थामा लागिएको थियो ।

श्रोत :एबिसी 

प्रतिक्रिया