रामप्रसाद खनालले गाए सबैको मन छुने अर्को मर्मस्पर्शी गीत “याद आउँछ दशैंको”

इनेप्लिज २०७७ भदौ २० गते २:३१ मा प्रकाशित

अमेरिका / सधैं अनुशासित र मर्यादित गीतहरु मात्र गाउने, हजुर बा, हजुर आमा देखी बा आमा, छोरा छोरी लगायत सबै परिवार सँगै बसेर हेर्न मिल्ने र सुन्न सकिने गीत गाउने बरिस्ठ लोक तथा दोहोरी गायक राम प्रसाद खनालको नयाँ गीत ” याद आउँछ दशैंको ” आज अमेरिकाबाट रिलिज गरिएको छ ।

परदेशमा बस्ने लाखौं लाख नेपालीहरुको पिँडा, घरदेशमा बस्ने आफन्तहरुको सम्झना र पिँडालाई टपक्क गीतमा उतारेका खनालको यो गीत दशैंका मुखमा प्रकाशित गरिएको छ । हेमन्त कान्छाको संगीत रहेको खनाल को यो गीत परदेशमा बस्ने लाखौं लाख नेपालीहरुको पिँडा, घरदेशमा बस्ने आफन्तहरुको सत्य कथामा आधारित र मर्मस्पर्शी छ ।

बिगत १३ बर्ष देखी अमेरिका बस्दै आएका खनाल यहाँ पनि हरेक बर्ष नयाँ नयाँ सिर्जना गर्छन् र गाउँछन । हाल सम्म उनका ४८ वटा एल्बम, सिडी, भिसिडी र डिभिडी, १२ सय भन्दा बढी गीतहरु प्रकाशित प्रसारित भैसकेका छन ।

नेपालमा प्राय लोप भैसकेको लोकगीत र दोहोरी गीतलाई जुरुक्क उचालेर देशब्यापी मात्र होइन संसार भर पुर्याउने गायक, अभियन्ता भनेर चिनिने खनाल नेपालमा रेडियो नेपाल र नेपाल टेलिभिजनका बिशिस्ट श्रेणीका लोक तथा दोहोरी गायक हुन । उनी अन्तरराष्ट्रिय कलाकार मँचका अध्यक्ष र नेपालका अग्रज पत्रकार पनि हुन ।

गीत रिलिज गर्दै खनालले भनेका छन ” तपाईं दर्शक श्रोताहरु नै मेरो साँगीतिक जिबनका भगवान र न्यायाधीशहरु हुनुहुन्छ । तपाईंहरुले मेरा गीत संगीत हेरिदिनुहुन्छ, सुनिदिनुहुन्छ र गाउन मन लाग्छ । परदेशमा बस्ने लाखौं लाख नेपालीहरुको पिँडा, घरदेशमा बस्ने आफन्तहरुको सम्झना र पिँडा, मेरो पिँडा, तपाईंको पिँडा, म र तपाईं जस्ता हामी सबै सबैको पिँडा गीतमा । बिगतमा जस्तै यहाँहरुको माया र साथको लागि बिनम्र आग्रह गर्दै मेरो यो च्यानल Subscribe गरिनुहुन पनि सादर अनुरोध ।

बिदेशको बसाई, घडीको सुई अनुसार चल्नु पर्ने जिबन, त्यस माथि कोरोनाको माहामारी । गीत, भिडियो भने जस्तो बनाउन सम्भब भएन यस पटक । बाँचिएछ भने अर्को बर्ष दिल खोलेर गाउने नै छु, बनाउनेनै छु । यस बर्षका लागि जे जस्तो भयो कृपया स्वीकारीदिनुहोला । छोरी सुस्माको सहयोगमा बनाइएको भिडियोमा भएका कमी कमजोरी प्रति पहिलेनै क्षमा याचना गर्दछु । धन्यवाद । तपाईं हामी सबैको जय होस । ”

रुन छोड भो कोइली चरी डाली बसी तैंले
तैंले मात्र रोइस भने के गर्ने हो मैंले ?
याद आउँछ ए आमा ठूलो चाड दशैंको
याद आउँछ ए बाबा गाउँ जाने बसैको !
बाँकी गीत मै सुनिदिनुहोला, हेरिदिनुहोला । तपाईंका लाइक, कम्मेन्ट, हाम्रा लागि आशिर्बाद हुन खनालले भनेका छन ।

 

प्रतिक्रिया