नायक पल शाह र नायिका एलिजाले पवन ओली र बिष्णु माझीको दोहोरी गीतमा अभिनय गरेको गीत सार्वजनिक

इनेप्लिज २०७७ भदौ १९ गते २३:५३ मा प्रकाशित

 

नेपाली चलचित्रका नायक पल शाह र नायिका एलिजा गौतमले लोक दोहोरी गायक पवन ओली तथा लोकप्रिय गायिका बिष्णु माझीको दोहोरी गीत ‘धानै कुट्ने ढिकी’मा अभिनय गरेका छन ।

कलाकार शाह र एलिजाले पहिलो पटक लोक दोहोरी गीतमा खेलेका हुन् । लोक गायक ओली र बिष्णु माझीले स्वर दिएको गीत ‘धानै कुट्ने ढिकी’ शुक्रबार बजारमा आएको छ ।

गीतको म्युजिक भिडियोलाई शिब बिकले निर्देशन गरेका छन् । गीतको छायांकनअर्जुन तिवारीले गरेका छन । शब्द तथा संगीत पवन ओलीको रहेको छ ।

सल्यान घर भएका लोक गायक पवन ओली अमेरिकाको डिसी महानगर क्षेत्रमा बसोबास गर्छन । अमेरिकामा रहेता पनि समय व्यवस्थापन गर्दै गीतलाई निरन्तरता दिई रहेका छन । उनका गीतहरु क्रमस परदेशको बास,गरिबको जीन्दगी,माछि बस्यो, बुटवल बसपार्क,लगायत थुप्रै चर्चित छन ।

 

प्रतिक्रिया