एउटा अन्तरंड्ग सम्वाद् ।

रामप्रसाद खनाल २०७७ भदौ १८ गते २२:२४ मा प्रकाशित

म रोगै नलागी रोगी भऐंछु,
मनको कुरा को संग गरूँ ?
ल आफैसंग सम्वाद गर्छु,
एउटा अन्तरंड्ग सम्वाद् ।

ऐनाले प्रश्न गऱ्यो,
चिन्ह्यौ
आफूलाई, ?
घोरिएर हेरें,
वर्षौ भएछ आफूलाई राम्ररी नहेरेको ,
अहो म कस्तो पो भएछु ।
कपाल त कस्तो भएछ,
लौ हेर ।

परवाट आमाले वोलाएको सुनें,
वावु उठ, बाबालाई पालो दिन जा,
सन्न भयो मन् ,
खोई आमा ?

मेरो छाला सुकेछन् ।
अव म लाचार पो भऐंछु,
झन अचेल – नभएको रोगी,
वुढो मान्छे ।

एक से एक लुगाहरू छन् दराज भरी,
टाई लाई म के गरूं?
सुम सुम्याएर राखी दिन्छु,
लाएर जाने ठाऊँ खोई ?
रहर लागेर किनेको कार घांडो भयो,
किच्च परेर थन्केको छ,

छोरालाई वुहारी,
छोरीहरूलाई ज्वाई,
मन पराएर हुरूक्क गरी विहा गरेकी मेरी वुढी,
बस ।
यो डर, यो मास्क, यो महामारी,
गुटमुटीएर वसेको छु घरैमा,
परदेशमा न मर्न पाए हुन्थ्यो,

पोहर पह्रार,मामाले दिनु भएको चीनो,
त्यो छालाको ज्याकेट,
मलाई देख्यो कि खितितिति हांसे जस्तो लाग्छ ,
मेरो सम्वाद् अन्तरंड्ग मात्र छ,
रंगीन जिन्दगी ब्य्लाक एण्ड ह्वाईट भएछ ।
रोग नलागेको रोगी जस्तो मान्छे लाई,
किन होला ऐनाले अचेल आँखा तर्छ ।
हेरौं अब के हुन्छ ।

सुशील नेपाल

९/३/२०

राजमित्र प्रांगण

रामप्रसाद खनाल

पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।

प्रतिक्रिया