गैर आवासीय नेपाली संघ, अमेरिकाको बिज्ञप्ति – नेपालको बाढी/ पहिरो पीडित सहयोगार्थ

इनेप्लिज २०७७ भदौ १४ गते १२:५२ मा प्रकाशित

 

 

आदरणीय सदस्य ज्यू
हार्दिक नमस्कार!

मनसुन शुरुभएसंगै मातृभूमि नेपालमा शुरु भएको बाढी पहिरोको प्रकोपमा अझै कमि आएको छैन ।
देशका अधिकांश जिल्लाहरुमा ठूलो धन जनको क्षति भएको छ, सयौंको बाढी पहिरोले ज्यान लिइसकेको छ भने हजारौं घर बिहीन हुनु परेको छ । यस्तो दैवी प्रकोपको अबस्थामा चहर्याईरहेका घाउहरुमा मलहम लगाउन सकियोस भनेर एनआरएन अमेरिकाले सहयोगको प्रयास गरिरहेको छ । कोभिड-१९ को महामारीको को को अबस्थामा होस वा यस दैवी प्रकोपको लागि होस, मनकारी साथीहरुले सहयोग गरिरहनु भएको छ । कोभिड -१९ को कारण अधिकॉस साथीहरु आफै समस्यामा भएकोले ठूलो मात्रामा सहयोग जुट्ने अबस्था छैन । तर पनि मातृभूमी तडपिरहेका हाम्रा दिदी बहिनी दाजुभाइको पींडाबाट द्रविभूत भई हामीले हाम्रो आपत कालिन कोषमा रहेको बॉकि रकम नै प्रयोग गरेर भए पनि सहयोग गर्नु पर्छ भन्ने निर्णयमा पुगेर अगाडि बढीरहेका छौं । हाल सम्म गरिएको सहयोग बिबरण यस प्रकार छ ।

1 ) नेपालका बाढी/ पहिरो पीडित सहयोगार्थ – एनआरएन आइसिसी $1000.00
2 ) धादिंगका बाढी/ पहिरो पीडित सहयोगार्थ – धादिंग समाज अमेरिका $ 1000.00
3 ) म्याग्दी – बाढी/ पहिरो पीडित सहयोगार्थ म्याग्दी समाज युएसए $ 1000.00
4 ) सिन्धुपाल्चोकका बाढी/ पहिरो पीडित सहयोगार्थ – सिन्धु वेलफेयर बाढी/ पहिरो पीडित सहयोगार्थ सोसाइटी $1000.00
5 ) पर्बतका बाढी/ पहिरो पीडित सहयोगार्थ – पर्बत समाज अमेरिका $740.00
6 ) बझांग बाढी/ पहिरो पीडित सहयोगार्थ – बझांगि इन युयस ए $ 700.00

जम्मा $ 5440.00

जिल्लामा भएको प्राकृतिक बिपत्तिमा सहयोगको पहल गर्नु हुने धादिंग, म्याग्दि, सिन्धुपाल्चोक, पर्बत र बझांगका संबन्धित संस्थाहरुलाई हामी धन्यवाद ज्ञापन गर्न चाहन्छौ त्यस्तै यस्तो बिषम परिस्थितिमा पनि सहयोगको हात बढाउनु हुने सहयोगी मनहरुलाई कृतज्ञता ज्ञापन गर्दछौं ।

भवदिय,
नेत्र बन्धु पोख्रेल
कोषाध्यक्ष
गैर आवासीय नेपाली संघ, अमेरिका

प्रतिक्रिया