नेपाल आइडल वनिन् सज्जा चौलागाई

इनेप्लिज २०७७ भदौ १२ गते १७:०२ मा प्रकाशित

काठमाडौं । नेपाल आइडलको तेश्रो सेरिजमा सज्जा चौलागाइ आइडल वन्न सफल भएकी छिन् । यसअघिका सेरिजमा पुरुषहरु नेपाल आइडल हुंदै आएकोमा तेश्रो सेरिजमा आइपुग्दा दर्शकको भोटको आधारमा सज्जा आइडल चयन भएकी हुन् ।

कोरोना महामारीको कारण केही समय स्थगित भएको आइडल फेरी सुचारु भएको थियो । शुक्रबार राति भएको ग्राण्ड फिनालेबाट मोरङकी सज्जा विजेता घोषणा भएकी हुन्।

सज्जाले ५० लाख रूपैयाँ नगद पुरस्कार पाएकी छन्।

यो सेरिजमा प्रवीण बेडवाल फर्स्ट रनर अप भएका छन्। उनले १० लाख रूपैयाँ नगद पुरस्कार पाएका छन्।सेकेन्ड रनर अप भएका किरण कुमार भुजेललाई ५ लाख रूपैयाँ पुरस्कार पाएका छन्।

प्रतिक्रिया