मुर्झाएको कला र संस्कृति जगर्नेमा लागेको सिंगो परिवार स्वरका धनी लाल बहादुर भन्छन्:सुख र दुखको साथीनै संगित रहेछ

वीरेन्द्र रावल २०७७ भदौ ११ गते १०:४६ मा प्रकाशित

 


वीरेन्द्र रावल,

धनगढी,भदौ,११।डाक्टर हुने बुवाले आफ्नो छोरालाई उच्च शिक्षा अध्ययन गर्न लगाउँदा उसले छोरा मत डाक्टर बनि हालें तर तिमी चांहि डाक्टर नबन्नु अरुनै पेशाम गर्नु भन्ने गरेका थुप्रै उदाहरणहरु हाम्रा सामु छन्।शिक्षक,पाईलट वा अन्य जून सुकै सेवामा लागेका व्यक्तिहरु किन नहुन उनिहरुले आफ्ना सन्तानहरुलाई यस्तै यस्ता अर्ति दिने गरेको पाईन्छ।उनिहरुको भित्रि चाहना भने आफुले अपनाएको पेशामा सन्तान नहोमियोस् भनेर।तर त्यसको अपवादको हस्ताक्षर बन्नु भएको छ सुदूरपश्चिमका देउडा र ठाडी भाकालाई संरक्षण र सम्बर्धन गर्नका लागि सारा परिवारनै संगीतमा लिन कलाकार लाल बहादुर थापा।

बाजुरा जिल्लामा २०३२ सालमा आमा जवादेवि थापा र बुवा सेतु थापाका छोराका रुपमा जन्मीएका लाल बहादुर थापा सुदूरपश्चिमेली लोक संस्कृतिलाई संरक्षणका लागि सिंगो परिवारनै लागि परेको छ।सुदूरपश्चिमको दुर्गम पहाडी जिल्ला बाजुराको बुढीगंगा नगरपालिका वडानम्बर २ तापमा जन्मिनु भएका ठाडी भाकाका स्वर सम्राट लाल बहादुर थापा,उहाँकी धर्मपत्नी शुसिला थापा दुवै देउडा र ठाडी भाकाका कलाकारहरु हुन।विगतका बर्षहरुमा गिती एल्बम निकाल्नका लागि बाजुराबाट धनगढी काठमाण्डौ सम्म पुग्नु पर्ने बाध्यता र भोगेका तिता अनुभूतिहरुबाट पाठ सिक्दै हाल दुवै जना श्रीमान र श्रमति मिलेर धनगढीको मुख्य बजार क्षेत्रमा हालै बढीमालिका डिजिटल रेकर्डिङ स्टुडियो सञ्चालनमा ल्याउनु भएको छ।

बडिमालिका दोहोरी साँझ पहिलो पटक सुदूरपश्चिमको धनगढीमा सञ्चालनमा ल्याउनु भएका थापा दम्पतिले भावि दिनहरुमा बडिमालिका संगित पाठशाला बनाएर सुदूरपश्चिममा रहेका देउडा,ठाडी भाका लगायत यस क्षेत्रका कला र संस्कृतिलाई जगर्नेना र उजागर गर्ने मुख्य उद्देश्य रहेको पनि बरिष्ठ देउडा तथा ठाडि भाकाका स्वर सम्राटका रुपमा चिनीनु हुने लाल बहादुर थापाले बताउनु भएको छ।

विगतका कहाली लाग्दा दिनहरु व्यति गर्दै सुदूरपश्चिमको कला र संस्कृतिको जर्गेना गर्नका लागि भोगेका असहजतालाई पछिल्ले समयमा विज्ञान र प्रविधीका कारण केहि हद सम्म सहज बनाई दिएको भएतापनि नयाँ पिढीका लागि भने सुदूरपश्चिममा गाईने देउडा र ठाडीभाका भने विस्तारै लोप हुँदै जान सक्ने अवस्थामा परिणत हुन थालेपछि त्यसको संरक्षणका लागि भएपनि बडिमालिका संगित पाठशाला बनाएर कला र संस्कृतिको संरक्षण गर्ने आफ्नो अन्तिम ईच्छा रहेको पनि थापाले बताउनु भएको छ।विज्ञान र प्रविधीको विकास संगै कलाकारहरुका गिति एल्बम देखी लिएर अन्य कलाहरु विस्थापित बन्दै जान थालेकाले त्यसको संरक्षण र बजारीकरण गर्ने पहिलो ईच्छा रहेको पनि लाल बहादुरले बताउनु भएको छ।बजार नहुँदा हुँदैपनि श्रीमति शुसिला थापा,१० बर्षिय छोरा सुर्दशन थापा,छोरी शौभाग्य थापाएकै साथ लागि पर्नु भएको छभने जेठो छोरा समिर थापा रेकर्डिसमा निरन्तर लागि परेको पनि कलाकार लाल बहादुर थापाले बताउनु भएको छ।

पश्चिमा संस्कृतिका कारण सुदूरपश्चिमको ठाडी भाका र देउडा विस्तारै लोप हुँदै जान थालेका कारण त्यसको संरक्षणका लागि भसिवश्यमा संगित पाठशाला मात्र उजागर गर्ने ठूलो धोको रहेको पनि कलाकार लाल बहादुरको भनाई रहेको छ ।

धनगढीको मुख्य बजार क्षेत्रमा हाल सालै सञ्चालनमा ल्याएको बडिमालिका डिजिटल रेकर्डिङ स्टुडियोका लागि सबैै परिवारका सदस्यहरुले कला,संगित र स्वर दिन सक्ने भएकाले पनि साँगितीक अभियानमा लगाइएको बताउनु हुन्छ – लाल बहादुर थापा।

पेशागत रुपमा २०५४ सालमा मञ्चबाट गित गाउन शुरुवात गरेका लाल बहादुरले हाल सम्म १ सय भदा बढी गितका गिती क्यासेटहरु बजारमा ल्याईसकेको बताउनु भएको छ।अरुको स्टुडियोमा त्योपनि क्यासेट निकालेको पैशा बेलैमा दिन नसकेको अवस्थामा घरका भाँडा कुँडा बिक्री गरेर भएपनि पैसा तिर्नुपर्ने अवस्थाको सामना सुदूरपश्चिमका कलाकारहरुको विगतमा भोग्नु परेको तितो अनुभवबाट पाठ सिक्दै आफ्नै स्थानमा व्यक्तिगत लगानीमा बडिमालिका डिजिटल रेकर्डिङ स्टुडियो सञ्चालनमा ल्याएको पनि कलाकार थापाले बताउनु भयो । एउटा गिती क्यासेट निकाल्न ठूलो धनराशी खर्चेर काठमाण्डौ सम्म पुग्नु पर्ने, पालो नपाएर एक दुई हप्ता सम्म होटेलमा बास बस्नु परेको अवस्थालाई मध्यनजर गर्दै केहि हद सम्म भएपनि समाधानको बाटोतर्फ अगाडी बढ्न उत्प्रेरणा मिलेको बताउनु भयो ।बडिमालिका डिजिटल रेकर्डिङ स्टुडियोमा गित गाउन का लागि पुग्ने कलाकारका लागि अन्तैबाट संगितकार,बाध्यबाधक जस्ता कलाकार आवश्यकतालाई आफैले परिपूर्त गर्ने व्यवस्था मिलाइएको बताउनु भयो ।

पछिल्लो सममा लक डाउनका कारण नेपाली कला र संगितमा लगानी नबढेको र बजारको अवस्थामापनि गिरावट आएका कारण कला र संगित क्षेत्र मुर्झाए जस्तो भान भैरहेको पनि कलाकार लाल बहाद्ुर थापाले बताउनु भयो।

सुदूरपश्चिमको कला र संगितको संरक्षण र सम्बर्धका लागि राज्य र विभिन्न संघसंस्थाले बेला बखत सम्मान दिएता पनि कलाकारहरुका पीडालाई राज्य पक्षले बलियोगरी नहेरिदिंदा कलाकारहरुको जीवन संकटमा पर्दै जान थालेको लाबहादुर थापा र उहाँकी धर्मपत्ती शुसिला थापाले बताउनु भयो।

सुदूरपश्चिमका देउडा सम्राटका नामले चिनिने लाल बहादुर थापाकै शब्द सापटीमा देउडा गितलाई उजागर गर्दै आउनु भएका बरिष्ठ देउडा गायक नरेन्द्रराज रेग्मी पनि पछिल्लो समयमा सुदूरुपश्चिमेली कला र संस्कृतिमा मौलाएको बिकृतिप्रति निकै चिन्तीत देखिन थालेका छन्।

पछिल्लो समयमा देउडा गित लोपोन्मूख अवस्थामा परिणत हुँदै जान थालेपछि त्यसको संरक्षण र संम्बर्धनका लागि केही युवा पिढीहरु लागि परेको प्रति केहि हदसम्म भएपनि खुशी लागेको बताउनु हुन्छ – बरिष्ठ देउडा गायक नरेन्द्र राज रेग्मी।

कला,संस्कृति,प्रकृतिबाटनै गित र संगित जन्मीने भएकाले सुदूरपश्चिमको मौलिकतालाई देश व्यापी बनाउन सकेको खण्डमा पनि सुदूरपश्चिम कला क्षेत्रको सोध केन्द्र बन्ने सम्भावना रहेको बताउनु हुन्छ–कलाकार लाल बहादुर थापा।

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया