NRNA अमेरिकाज क्षेत्रको बैठकमा इमिग्रेशन फोरम हुँदै:सबैलाई फ्लोर ओपन गरिने

इनेप्लिज २०७७ भदौ १० गते २१:१० मा प्रकाशित

गैरआवासीय नेपाली संघको अमेरिकाज क्षेत्रको दोश्रो क्षेत्रीय बैठकमा आगामी सेप्टेम्बर ४,५ र ६, २०२० मा हुँदैछ।

जुम प्रबिधिबाट गरिन लागिएको सो बैठकमा विभिन्न फोरमहरु संचालन हुँदैछन। क्षेत्रीय संयोजक (आरसी) राजन त्रिपाठीका अनुसार, इमिग्रेशन फोरम, महिला फोरम, राजनैतिक फोरम, युवा तथा दोश्रो पुस्ता फोरम, संघका गतिबिधि र नयाँ नीतिहरु, एनसीसीहरुको गतिबिधिको प्रस्तुति, बिज्ञ सम्मेलन इत्यादि हुनेछन।

बैठकको दोश्रो दिन, सेप्टेम्बर ५, शनिबार दिनको १:०० बजे देखि २:०० बजे (पूर्वीय समय **EST** अनुसार) सम्म इमिग्रेशन फोरम संचालन गरिने छ। सो फोरममा इमिग्रेशनसँग संबन्धित प्रश्न, जिज्ञासा, समस्या जे जे छन् स्वयं जुममा उपस्थित भएर सोध्न सकिने छ। कार्यक्रम भन्दा पहिला इनबक्स र इमेलबाट पनि पठाउन सक्नुहुनेछ।

कार्यक्रम संघको आधिकारिक फेसबुक पेज, संजीवनी एफएम ८९ MHZ, hollywoodkhabar.com, nepalsansar.com, rightnepal.com, nepalesediaspora. com, osnepal.com र विभिन्न संचार माध्यमका फेसबुक पेजबाट समेत क्रश: लाइभ गरिने छ। आफैं आएर प्रश्न सोध्न चाहनेहरुको लागि जुमको एक्सेस पछि उपलब्ध गराइने छ। यो सेवामुखी फोरम निशुल्क हो र यसबापत कसैले केहि पनि तिर्नु पदैन, दर्ता गर्नु पनि पर्दै र अन्य केहि गर्नु आवश्यक छैन। तर जुमको क्षेमता लिमिटेड हुनेहुनाले पहिला आउनेहरुको लागि प्राथमिकता हुनेछ।

उठेका प्रश्न र बिषयगत कुराहरु अमेरिकी इमिग्रेशनका कानुन ब्यबसायी बाशु फुलाराले दिनु हुनेछ। कार्यक्रम कृष्ण के सीद्वारा मोडरेट गरिनेछ।

प्रतिक्रिया