लोक दलको प्रेस विज्ञप्ति

इनेप्लिज २०७७ भदौ १० गते ११:१२ मा प्रकाशित

 

आम आदमी पार्टी नेपालका अध्यक्ष अशोक यादव जीको हिजो मंगलवार राती वीरगंजको हेल्थ केयर सेन्टरमा उपचारको क्रममा निधन भएकोमा हामी अत्यन्तै मर्माहत भएको छौं । मधेश र मधेशीप्रति उहाँको चिन्तन र नयाँ राजनीतिक शक्ति निर्माणमा उहाँको योगदानमा हामीसँग मोर्चागत रुपमा गरेका सक्रिय सहकार्यले हामी वैचारिक रुपमा सँगै थियौं । उहाँको निधनले एक जुझारु नेता गुमाएको छ ।

बाराको बिश्रामपुर–१ का निवासी पछिल्लो समय वीरंगज, आदर्शनगरको आफ्नै निवासमा रहँदै आउनु भएका अध्यक्ष यादव विगत एक महिनादेखि वीरगंजको वीरगंज हेल्थ केयर सेन्टरमा उपचाररत थिए । मृत्युपछि उहाँको कोरोना परिक्षणपछि उहाँ कोरोना पोजिटिभ रहेका थिए ।उहाँको आत्मको चिरशान्तिको कामना गर्दै शोक सन्तप्त प्ररिवारप्रति गहिरो हार्दिक सम्वेदना प्रकट गर्दछौं ।
जय समाज

(कौशल कुमार सिंह)
अध्यक्ष
मो. ९८५११३३८६१

प्रतिक्रिया