कान नै काटेर सुनका गहना चोरी, मुख थुनेर चक्कुले कान काटियो (भिडियो)

इनेप्लिज २०७७ भदौ ९ गते ११:०७ मा प्रकाशित

माछापुछ्रे गाउँपालिका ६ सादीमा भदौ ३ गते राती १ बजे एक जना महिलाको कान नै काटेर सुन चोरी भएको छ।तीन जनाको समूहमा आएका व्यीक्तले ज्योती अधिकारीको कान चक्कुले काटेर सुन चोरेर लगेका हुन्।अधिकारीका अनुसार दुई जनाले मुख थुनेर समातेका थिए भने एक जनाले चक्कुले कान काटेका थिए।सुरुवातमा बाघले आक्रमण गरेको जस्तो लागे पनि पछि गहना झिकेपछि भने भो चोर भएको ठहर भएको अधिकारीले बताईन्।

नजिकै रहेका सोमनाथ अधिकारीले थाहा पाए।उनी ज्योतीको नजिकै आउँदा चोरहरुले सोमनाथलाई समेत कुटपिट गरे र गहना लिएर गए । सुरुवातमा गहना मात्र लगेको भन्ने बुझे पनि पछि कानबाट रगत आउन थालेपछि भने कान नै काटेको पत्ता लागेको थियो । यस घटनबारे जिल्ला प्रहरी कार्यलय कास्कीले अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया