उत्तर कोरियाका किम जोङ्ग उन कोमामा (अचैतन्य),बहिनीले नेतृत्व लिने

इनेप्लिज २०७७ भदौ ८ गते १२:१४ मा प्रकाशित

उत्तर कोरियाका तानाशाही शासक किम जोङ्ग उन कोमामा गएको खबर संचार माध्यममा आई रहेका छन । किम कोमामा गएको भनिएको छ भने उनकी र बहिनी किम यो जोङ्गलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिलाहरू सम्हाल्ने तयारी गरिदै छ भनि धेरै संचार माध्यममा समाचारहरु आएका छन् ।

दक्षिण कोरियालीका पूर्व राष्ट्रपति किम डे-जंगका पूर्व सहयोगी चाङ्ग सोङ्ग मिनले उत्तर कोरियाका नेता किम जोङ्ग कोमामा गएको कुरा प्रकाशन(पोस्ट) गरेका छन् ।

मिनका अनुसार यो मात्र होइन, उनकी बहिनीलाई आधिकारिक रूपमा अमेरिका र दक्षिण कोरियाको साथ सम्बन्ध सम्हाल्ने जिम्मेवारी दिइयो भनि दाबि गरेका छन ।

उनले कोरिया हेराल्डलाई भने कि म उनलाई (किम जोङ्ग उन ) कोमामा आकलन गर्छु, तर उनको जीवन समाप्त भएको छैन। एक पूर्ण उत्तराधिकार संरचना गठन गरिएको छैन,उनले भने ।

किम कोमामा रहेकोले एक चिनियाँ स्रोतबाट जानकारी प्राप्त गरेको दाबी गरे। दक्षिण कोरियाली अखबारका अनुसार सियोलको जासूसी सँस्थाले बन्द ढोकाको बैठकमा एक सत्तारूढ प्रणालीको बारेमा सांसदहरूलाई बतायो कि किमले आफ्नो सबैभन्दा विश्वस्त सहयोगीहरूसँग अधिकार र दायित्व बाँड्ने निर्णय गरेको छ।

उन यो वर्ष सार्वजनिक रूपमा धेरै पटक देखिएका छैनन ।

श्रोत :फक्सन्युज,/न्युयोर्क पोस्ट/मिरर/युके सन

प्रतिक्रिया