महिलाको शव फेला, रगतको तलाउ (स्थलगत रिपोर्ट)

इनेप्लिज २०७७ भदौ ८ गते १०:५२ मा प्रकाशित


पोखरा महानगरपालिका वडा नं. ३२ लामे आहालमा एक शव वेवारिसे अवस्थामा फेला परेको छ।बिहान साढे सात बजेतिर प्रतिक्षालयमा कपडाले छोपिएको अवस्थामा फेला परेको उक्त शव अन्दाजी ४०–४५ वर्षीय महिलाको रहेको प्रहरीले जनाएको छ महिलाको पहिचान खुलेको छैन्।शवको मुख, नाक र कानबाट समेत रगत बगेको देखिएको छ।

स्थानियहरुले बिहानै प्रहरीलाई खबर गरेपछि प्रहरीले शवको मुचुल्का गरि पोष्टमाटमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको छ।उनको मत्युको कारणबारे पोष्टमाटम रिपोर्ट पछि मात्र थाहा हुने प्रहरीले बताएको छ।स्थानियहरुले भने त्यस्तो प्रकारको हुलिया भएकी महिला यस अघि सो क्षेत्रमा नदेखेको बताएका छन्।शवको साथमा पुरुषको कपडा पनि फेला परेको छ।घट्नाका सम्बन्धमा थप अनुसन्धान थालिने कास्की प्रहरीले बताएको छ।

हेर्नुहोस् स्थलगत रिपोर्ट

प्रतिक्रिया