पेरुको रात्रीक्लबमा भागदौड हुँदा १३ जनाको मृत्यु

इनेप्लिज २०७७ भदौ ७ गते १५:२७ मा प्रकाशित

पेरुको रात्रीक्लबमा भागदौड हुँदा १३ जनाको मृत्यु भएको छ । पेरुको लिमा स्थित एक चमेनागृहमा कोरोना भाइरसको प्रतिबन्ध हुदाहुदै आयोजना गरिएको उक्त भागदौडमा ३ जना अन्य घाइते भएका छन ।

प्रहरीले रात्री अवस्थामा संचालन भै रहेको अवस्थामा छापा मार्दा मानवीय क्षति हुन् पुगेको पेरुका राष्ट्रिय प्रहरीले उक्त कुरा जनाएका छन ।

पेरुको राजधानी स्थित लस ओलिभोस जिल्लाको थोमस रेस्टोबार(चमेनागृह तथा मधुशाला)मा प्रहरीलाई कसैले खबर गरेका थिए । उक्त भोज गैरकानुनी रुपमा संचालन गरिएको र १ सय २० भन्दा ज्यादा मानिसहरुको सहभागिता रहेको थियो ।

पेरुमा सामाजिक दूरी अनिवार्य छ । राती १० बजे देखि हिडडुल गर्न प्रतिबन्ध छ भने निषेधाज्ञा जारी गरिएको छ । लेटिन अमेरिकन देशहरु मध्ये पेरुले कोरोना संक्रमण रोक्न सबै उपाय अबलम्बन गरेता पनि ज्यादै प्रभावित रहेको देश हो ।

पेरुमा ५ लाख ७६ हजार मानिसहरु कोभिड-१९ बाट संक्रमित भएका छन भने २७ हजार भन्दा ज्यादा मानिसहरुको मृत्यु भै सकेको जोन्स हप्किन्स बिश्वबिद्यालयको आँकडाले देखाएको छ ।

अन्तरिक मन्त्रालयले एक आधिकारिक वक्तब्य निकाली प्रहरीले कुनै पनि प्रकारको हतियार ननिकालेको र अश्रु ग्यास उक्त क्षेत्रमा प्रयोग नगरेको जनाएको छ । मानिसहरु दोश्रो तल्लाबाट प्रहरीबाट भाग्न खोज्दा सिढीमा खसेका थिए भनि प्रहरीले वक्तब्यमा उल्लेख गरेका छन ।

प्रहरीले वक्तब्यमा अनुसन्धान सुरु गरि सकिएको जनाउदै उक्त रात्रीक्लब(मधुशाला)का संचालकको खोजी गरि रहेको जनाएका छन । हाल सम्म २३ जनालाई पक्राउ गरिएको उल्लेख गरिएको छ ।

एक बेइमान व्यापारी मालिकको आपराधिक गैरजिम्मेवारपूर्णताको परिणामका रूपमा आन्तरिक मन्त्रालयले १३ जना व्यक्तिको मृत्युमा गहिरो दुख प्रकट गरेको छ ”

श्रोत :सिएनएन

प्रतिक्रिया